Kanakai Online

कनकाई छठ पुजामा अमनको समर्थन महत्तोलाई


आइतवार, असोज २८, २०८० |

कनकाई अनलाईन
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि यहाँस्थित कनकाई छठ सेवा समाजले पहिलोपटक निर्वाचन गरेरै आफ्नो नेतृत्व चयन गर्ने भएको छ । आगामी असोज ३० गते हुने निर्वाचनमा कुल २६६ मतदाताले निर्वाचनमा सहभागिता जनाउदै छन । १७ सदस्यीय कार्यसमितिमा १५ जना निर्वाचनबाट र बाकी २ जना मनोनित हुने प्रावधान रहेको छ ।

तर कनकाई छठ सेवा समाजमा अध्यक्ष, उपाध्यक्ष र महासचिवमा मात्रै निर्वाचन हुने भएको छ जसमा अध्यक्षका प्रत्यासी ३ उम्मेद्धारमध्ये अमन गुप्ताले भने सहमति कार्यान्वयन नगरिएको भन्दै आक्रोस पोखेका छन । उनले निर्वाचन मण्डल अन्य छठ पुजाका अन्य सदस्यहरुको गरेको निर्णय मान्ने सहमतिपछि ३ जना अध्यक्षको उम्मेद्धारले सहमति गरेपनि अध्यक्षका प्रत्यासी बिजय शर्माले सहमतिको उल्लघन गरेको आरोप अमनले लगाएका छन । उनले शर्माले सहमतिको उल्लघन गरेको भन्दै आफ्नो टिमको समर्थन अर्का अध्यक्षका उम्मेद्धार खगेन्द्र महत्तोलाई रहेको समेत बताएका छन । गुप्ताले सर्वसम्मत कार्य समिति चयनका लागि खगेन्द्र महतोलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएको भएता पनि अन्तत समिति चयनका लागि निर्वाचन हुनेनै भएको छ । अध्यक्षमा खगेन्द्र महत्तो र बिजय शर्मा बिच प्रतिस्पर्धा हुदा उपाध्यक्ष र माहसचिबमा समेत निर्वाचन हुने भएको छ ।

निर्वाचन प्रक्रिया सम्पन्न गर्न जगतनारायण मण्डलको संयोजकत्वमा उपेन्द्र प्रधान र नवल कीशोर दत्त सदस्य रहेको निर्वाचन समिति वनाईएको छ भने निर्वाचन समितिलाई पवन शाह र चन्दन शाहले आवाश्यक सहयोग गर्ने वताईएको छ ।

विधानत १७ सदस्यीय कार्य समिति रहने प्रावधान रहेको समाजमा १५ सदस्य निर्वाचित रहने छन भने २ सदस्य निर्वाचित समितिले मनोनित गर्ने सुचना अधिकारी गुप्ताले जानकारी दिनुभएको छ । अध्यक्ष , उपाध्यक्ष र महासचिवमा निर्वाचन हुने भए पनि अन्यमा भने सर्वसम्मत भएको छ । निर्वाचन हुनेमा उपाध्यक्षमा नगेन्द्रकुमार शाह र धर्मेद्र शाह तथा महासचिवमा रविन्द्र गुप्ता र अशोक शाहको उम्मेद्धारी परेको छ । यता सर्वसम्मत हुनेमा वरिष्ठ उपाध्यक्षमा मुन्ना शाह , सचिवमा मञ्जु प्रधान र कोषाध्यक्षमा पुष्पा पण्डित रहनु भएको छ । यसैगरि सबै सदस्यपदमा समेत सर्वसम्मत भएको छ ।

सम्बन्धित खबर