Kanakai Online

सांसद एलपीसाँबाको पहलमा आफ्ना नागरिकलाई ध्यान शिविर


शनिवार, असोज २७, २०८० |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुको विशेष पहलमा आफ्ना नागरिकका लागि तनाव व्यावस्थापन र विश्व शान्तिको कामना गर्दै ४ दिवशीय भावातीत ध्यान शिविरको आयोजना गर्नुभएको छ ।


पहिलो चरणका लागि सुरुङ्गास्थित लोटस पार्टी प्यालेस सुरुङ्गामा आजबाट आयोजना गरिएको उक्त ध्यान शिविरमा यस क्षेत्र झापा क्षेत्र नम्बर ४ का मावि विद्यालयका प्रअ तथा पत्रकारहरु र झापाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख हरुको सहभागिता रहेको छ ।


शनिवार ध्यान शिविरको उदघाटन गर्दै सांसद साँबाले आफ्ना नागरिकको मानशिक र शारीरिक स्वास्थ्यका लागि ध्यान शिविरको आयोजना गरेको बताउँनुभयो । मानिसलाई अहिले मनमा अशान्ति बेचैनी र अशान्ति रहेको भन्दै ध्यान शिविरबाट नागरिकले मनको शान्ति र खुसी पाउने बताउँनुभयो ।


तालिममा एक सय जनाको सहभागिता रहेको छ । ध्यान शिविरबाट आफ्ना क्षेत्रका नागरिकहरुलाई फाइदा मिल्ने भन्दै यस कार्यक्रमलाई निरन्तरता दिदै जाने सांसद साँबाको भनाई थियो । अन्य कार्यक्रम गर्दा आयोजन र सहभागिबिच रेडियो सुनेजस्तो मात्रै हुने गरेकोमा यस ध्यान शिविरबाट भने सहभागिलाई मात्रै लाभ हुने र यसको असर घरपरिवार हुदै विश्व शान्तिमा समेत योगदान पुग्ने सांसद साँबाको भनाई थियो । झापामा आत्महत्या जस्ता जघन्य अपराधका घटनाहरु बढिरहेको भन्दै यसलाई नियन्त्रणका लागि एकमात्रै उपाय चिन्ता नियन्त्रण भएकोले यस्ता कार्यक्रमले सहयोग पुग्ने साँबाको भनाई थियो ।
संकल्प प्रतिष्ठानको आयोजना तथा नेपाल महर्षि फाउडेशन काठमाण्डौको सहआयोजनामा आयोजित उक्त ध्यान शिविरमा बोल्दै महर्षि फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पुर्व गृहराज्यमन्त्री दिपकप्रकाश बास्कोटाले विश्व शान्ति अभियानमा ध्यानले मद्धत पुर्याउने भन्दै ध्यानकै माध्यमबाट विश्वशान्तिको यात्रामा पुग्नका लागि फाउण्डेशनले देशव्यापी अभियान संञ्चालन गरिरहेको बताउँनुभयो । शरिर बचेको खण्डमा मात्रै देशमा सबैकुरा ठिकठाक हुने भन्दै देशलाई समृद्धिको यात्रामा लैजानका लागि बैदिक कृषि, वैदिक स्वास्थ्य, ध्यान र स्वास्थ्य उपचार विधिमा समेत वैदिक विधिको अनुशरण आवश्यक भएको बताउँनुभयो । हामीले खानेकुरा देखि लिएर बस्ने घरसम्ममा वैदिक दर्शन र पालना गर्नुपर्छ यसैका लागि हामील अभियान चलाएका हौ पुर्व गृहराज्यमन्त्री बास्कोटाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै संकल्प प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र प्रसाईले देशलाई तनाव व्यावस्थापन गर्दै विश्वशान्तिको महाअभियानमा जुटने संकल्प संकल्प प्रतिष्ठानले गरेको बताउँनुभयो । ४ दिनसम्म चल्ने भावातीत ध्यान शिविरमा नागरिकलाई भावातित हुने तरिकाका वारेमा र नकरात्मकताबाट छुुटकाराका लागि ध्यानविधिबाट प्रयोगात्मक रुपमा प्रशिक्षण गराइने छ । ध्यान शिविरमा भावातीत ध्यान प्रशिक्षक माधव अर्याल, चेतना भुषाल र मदन मोहन अधिकारीले ४ दिनसम्म प्रशिक्षण प्रदान गर्दै हुनुहुन्छ ।

सम्बन्धित खबर