Kanakai Online

न्यु स्टार विर्तामोड तुलसीबारीमा जारी प्रदेश स्तरिय फुटवल प्रतियोगिताको सेमिफाइनलमा


शुक्रवार, असोज २६, २०८० |

कनकाई अनलाईन
न्यु रेलिमाई युवा क्लब कनकाई ५ को आयोजनामा असोज २५ गते बाट सुरु भएको प्रदेश स्तरिय नकआउट फुटवल प्रतियोगितामा न्यु स्टार बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई ५ तुलसीवारी स्थित देबकोटा प्राविको खेल मैदानमा शुक्रबार एपीएफ पुर्वाञ्चल पकली र न्यु स्टार विर्तामोड विच भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफ पुर्वाञ्चल पकली लाई २ – ० गोल अन्तरले हराउदै न्यु स्टार विर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितेको लागि खेलको १८अौं मिनेटमा जर्सी नं। ६ का विर्तामोडका खेलाडी निवाङ्ग लिम्बूले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती चरणबाटै दवावमा रहेको एपीएफ माथि आक्रमक देखिएको बिर्तामोडले खेलको २५अौं मिनेटमा अर्को गोल गर्दै २(० को अग्रता लिएको थियो । विर्तामोडको लागि दोस्रो गोल जर्सी नं। २४ का बविन बोहराले गरेका थिए ।
बाँकी खेल समय अवधिभर दुवै पक्षबाट कुनै पनि गोल हुन नसके पछी बिर्तामोड २ – ० को अन्तरले विजयी भएको हो । विजेता बिर्तामोडका पहिलो गोल कर्ता निवाङ्ग लिम्बूलाई बिमली केरियरका तुलसी बिमलीले प्रयोजन गरेको नगद पुरस्कार प्रदान गरिएको थियो । लिम्बूनै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई कनकाई वडा नं। ५ का वडा अध्यक्ष कृष्णबहादुर राईले ट्रफी प्रदान गरेका थिए ।
शनिवारको खेल रेडहर्स क्लव इलाम र काजीमान फुटबल क्लव चन्द्रगडी बिच हुने आयोजक समितिका खेल संयोजक रमेशचन्द्र दहालले जानकारी दिएका छन ।

तुलसीवारीको पहिचानलाई विश्वभर फैलाउन मद्धत गर्ने विश्वासका साथ आय‍ोजना गरिएको प्रतियोगितामा आयोजक टिम न्यु रेलिमाई युवा क्लब तुलसीबारी सहित तुर्केनी स्पोर्ट्स क्लब काकरभिट्टा , रेडहर्स स्पोर्ट्स क्लब ईलाम , एपीएफ पुर्वाञ्चल पकली , कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर , न्यु स्टार विर्तामोड , काजीमान फुटबल क्लव चन्द्रगडी र वेलवारी फुटबल क्लब मोरङ गरि प्रदेशका चर्चित ८ टिमको सहाभागिता रहेको छ ।

प्रतियोगितामा विजेतालाई नगद १ लाख एक हजार र उपविजेतालाई नगद ७५ हजार सहित विजेता उपविजेता दुवै टिमलाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको न्यु रेलिमाई युवा क्लबका अध्यक्ष मोतिखर ओझाले जानकारी दिएका छन ।

सम्बन्धित खबर