Kanakai Online

कनकाई सामुदायिक वनको २२ औं टोल प्रतिनिधि भेला


शुक्रवार, असोज २६, २०८० |

कनकाई अनलाईन
कनकाई सामुदायिक वन उपभोक्ता समुहको २२औं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ ।
सामुदायिक वनको सभा हलमा वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको सभापतित्व एवं कनकाई नगरपालिका —३ का वडाअध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा टोल भेला सम्पन्न भएको हो ।
वडाअध्यक्ष चम्लागाईँले सामुदायिक वनसँग सहकार्य गरेर वडामा ब्लड बैंक राख्न प्रस्ताव गर्दै वन क्षेत्रमा सुकेर नष्ट हुने अवस्थामा पुगेका पुराना सिसौका रुखलाई खेर जान नदिई आवश्यक प्रक्रिया पूरा गरी समुदायको हितमा काम गर्न वन समुहलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा अध्यक्ष ओलीले वन संरक्षण समिति लगायत दशौं कार्यसमितिको प्रथम वर्षको कार्यक्रमको समिक्षा साथै दोस्रो वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले आर्थिक वर्ष २०७९ ् २०८० मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट संचालन गरिने नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्ष २०८० ् ०८१ मा विभिन्न शिर्षकबाट आम्दानी र खर्च समेतको अनुमानित आय व्यय ९० लाख २१७ रुपैयाँको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन भेलामा अध्यक्षले प्रस्तुत गर्नुभयो ।

त्यसैगरी वन समुहका कोषाध्यक्ष तथा बजेट एवं कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समुहको २०७९ श्रावण १ गते देखि २०८० असार मसान्त सम्मको रु।९५ लाख १९ हजार १०७ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाका शुरेस कुमार खनाल, वन समुहका पुर्व अध्यक्ष एवं सल्लाहकार नारायण ओली, सल्लाहकार भीष्म मैनाली लगायतले विभिन्न सल्लाह सुझाव राख्नुभयो ।

कार्यक्रममा स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गर्नुभयो भने संचालन समुहकी सचिव मान्ता खरेलले गर्नुभएको थियो।

सम्बन्धित खबर