Kanakai Online

सहारा नेपालद्वारा ३ लाख ५० हजार कर्जा मिनाहा


शुक्रवार, असोज २६, २०८० |

शरणामती।सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणीको कर्जा मिनाहा गरेको छ।सहारा नेपालको झापा गाउँपालिकामा रहेको कुमरखोद सेवा केन्द्रले ऋणीको ३ लाख ५० हजार कर्जा मिनाहा गरेको हो।

शुक्रबार कुमरखोद सेवा केन्द्रले झापा -६ शरणामती स्थित सम्पर्क कार्यालयमा एक विशेष कार्यक्रमका बिच स्व.लिलादेवी बानीयाँको परिवारलाई ३ लाख ५० हजार नगद हस्तान्तरण गरेको थियो।स्व.बानीयाँले सहारामा सदस्य भएकै बखत कर्जा लिएको र कर्जा पनि तिरीसक्न्नु भएको थियो।सहाराको कर्जा सुरक्षण कार्यक्रम अनुसार सेयर सदस्यका परिवारलाई पुन:कर्जा रकम फिर्ता गरेको कुमरखोद सेवा केन्द्रका प्रमुख धुर्वनारायण गणेशले बताउँनु भयो।

स्व. बानीयाँका परिवार डम्बरबहादुर बानीयाँ र सृजना बानीयाँलाई वडाध्यक्ष नविनकिशोर थापा, सहारा नेपाल कुमरखोद सेवा केन्द्रका संचालक समिति सदस्य तुलसीराम प्याकुरेल,बसुन्धरा थपलिया,हुमा देवी कार्की लगायतले सो रकम हस्तान्तरण गर्नुभएको थियो।