Kanakai Online

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने


शनिवार, असोज २०, २०८० |

कनकाई अनलाईन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

संविधानको धारा १६८९३० अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा ३० दिन नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८९४० बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

कोशी प्रदेशमा ठुलो दल नेकपा एमालेसँग ४० सांसद सङ्ख्या छ भने विपक्षी गठबन्धनसँग भने सरकार गठन गर्न आवश्यक ४७ मत छ । प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित खबर