कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका कनकाई कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा यहाँस्थित ग्लोवल एडुकेयर एकाडेमी सुरुङ्गाको खेल मैदानमा अन्तर वडा पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।
देशको राष्ट्रिय खल मानिने भलिबलको कनकाई नगर स्तरीय टिम तयार पार्नका लागि समेत यस प्रतियोगिताको आयोजना गरिएको कनकाई नगर खेलकुद विकास समितिका संयोजक जविन तिम्सिनाले बताउँनुभयो ।
खेलको बिहीबार उदघाटन गर्नुहुदै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई खेल क्षेत्रको हव बनाइने बताउँदै झापा जिल्लालाईनै खेलकुद मय बनाउनका लागि सबै पालिकाहरुको समन्वयकारी भुमिका समेत कनकाई नगरले खेल्ने बताउँनुभयो ।
यसैविच हिजो बिहीबार भएको उदघाटन खेलमा आआफ्नो प्रतियोगितामा बिजयी हुदै वडानम्बर ३, ८, १ र ५ नम्बर वार्डका खेलाडीहरु बिजयी बनेका छन उनीहरु दोस्रो चरणमा प्रवेश गरेको जिल्ला भलिबल संघका उपाध्यक्ष तथा कनकाई नगरखेलकुद विकास समिति भलिबल खेलका संयोजक राजु पाठकले बताउँनुभयो । यसैगरि आज शुक्रवारको २ वटा क्वाटर फाईनल र सेमि फाईनलको समेत खेल हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले २१ हजार नगद र दोस्रो हुने टिमले १५ हजार रुपैँया प्राप्त गर्ने र सहभागि टिममध्येमा उत्कृष्ट हुने खेलाडीबाट कनकाई नगरको प्रतिनिधित्व गर्दै भलिबल खेल खेल्ने कनकाई नगर खेलकुद विकास समितिका सदस्य गोविन्द उप्रेतीले बताउँनुभयो । उदघाटन खेलमा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, जिल्ला भलिबल खेलकी प्रशिक्षक हेमा थापा, कनकाई नगर खेलकुद विकास समितिका सदस्य राम पाठक, ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल बिमान लामा लगायातको आतिथ्यता रहेको थियो ।