Kanakai Online

अमेरिकामा तन नेपालमा मन, दुधेका नारायणले सुरुङ्गाको अनाथ आश्रमलाई दिए, लुगा धुने मेशिन


शनिवार, असोज १३, २०८० |

कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका दुधे नहरचौक घर भएर हाल अमेरिकाको कोलोराडो शहरमा स्थायी रुपमा बसोबास गर्दै आउँनुभएका नारायण अधिकारी र उहाँकी श्रीमती सृजना अधिकारीले यहाँस्थित सुस्त मनस्थिति सरोकार समाजको आश्रममा एक थान लुगा धुने बासिङ्ग मेशिन र खानेकुरा सहयोग गर्नुभएको छ ।


अधिकारी दम्पत्तीले झापा कनकाई नगरपालिका १ जामुनवारीमा रहेको सरोकार समाजलाई लुगा धुने मेशिन सहित खानेकुरा प्रदान गरेको हो । हाल उक्त सुस्त मनस्थिति सरोकार समाजमा २० जना सडक बालवालिका तथा हिंसामा परेको १८ बर्ष मुनिका वालवालिकाहरु आश्रय लिएर बसिरहेको सुस्त मनस्थिति सरोकार समाजका अध्यक्ष भगिरथा चापागाईले बताउँनुभयो । हामीलाई स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा भवन बनेपछि भाडा तिर्नबाट बचेका छौ हामीसग आर्थिक अभाव हुदा हामीले टिभी फ्रिज, बासिङ्ग मेशिन भन्दा पनि आश्रममा खानेकुराकै धौ धौ थियो यी कुराहरु त झन हाम्रो क्षमताभन्दा बाहिरको कुरा थियो । समाजसेवी अधिकारी दम्पत्तीले सहयोग गरेपछि ओछ्यानमै दिसा पिसाव गर्ने बालवालिकाहरुका कारण हामीले राम्रो हेरचाह गर्न पाइरहेका थिएनौ अब बासिङ्ग मेशिन पाएपछि लुगा धुन हामीलाई सहयोग पुगेको छ अध्यक्ष शान्ताले भन्नुभयो ।


विशेष कार्यक्रमका विच उक्त सामाग्री अधिकारीका मित्र कनकाई नगरपालिका ३ निवासी नारायण अधिकारीले उक्त सामाग्री प्रदान गर्नुभएको हो । कार्यक्रममा कनकाई नगरपालिका १ का वडाध्यक्ष शुशिल पोखरेलले सरकारले मात्रै यस्ता अनाथ आश्रमहरुलाई सहयोग गर्न नसकिरहेको वेला अमेरिकामा रहनुहुने अधिकारी दम्पत्तीको सहयोगबाट यी अनाथ आश्रममा बालवालिकाहरुको हेरचायमा मद्धत मिलेको भन्दै अधिकारी दम्पत्तीलाई धन्यावाद दिनुभयो । कार्यक्रममा कनकाई नगरपालिका १ की महिला सदस्य निर्मला खड्काले सहयोगी मनहरुकै कारण यी वालवालिकाहरुले खानेकुरा र लुगा धुने मेशिन पाएको बताउँनुभयो । अन्य दाताहरुले समेत यस्ता आश्रममा सहयोग गर्न खड्काले अनुरोध गर्नुभयो ।

सुस्त मनस्थिति सरोकार समाजकी सचिव नर्बदा भेटवाल संग्रौलालले अधिकारी दम्पत्तीको सहयोगबाट अव कम्तीमा लुगा धुने समय बचेकोले उक्त समय नानीबाबुहरुको हेरचाहमा लगाउने पाएको बताउँनुभयो । आश्रम भवन बनेपनि आवश्यकीय घेराबारा नहुदा नानीहरुको सुरक्षामा चुनौती थपिएको भन्दै दाता र सरकारलाई आश्रमको घेरावाराका लागि सहयोग गरिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले दाता परिवारले यसअघि पनि कनकाई नगरपालिका ४ मा रहेको पुकार अपाङ्ग असक्त समाजलाई बासिङ्ग मेशिन लगायातको खाद्यान्न सहयोग गर्नुको साथै कनकाई ४ कोटीहोममा रहनुभएको असक्त बुद्ध मातापिताहरुलाई न्यानो ओढ्ने ब्याङ्केट प्रदान गर्नुभएको बताउँनुभयो ।
अधिकारी दपत्तीले यस क्षेत्रमा यस अघि समेत कोरोना कहरका बेला अक्सिजन उपलब्ध गराउँन आर्थिक सहयोग गर्नेदेखि लिएर, कनकाई माईमा मलामीहरुका लागि खाजा घर निर्माण, गाउँमा सामुदायिक भवन निर्माणका लागि जग्गा खरिद, विभिन्न बालवालिकाहरुका लागि उपचारका लागि आर्थिक सहयोग, लकडाउनका बेला आफ्नो गाउँघरका श्रमिकहरुलाई खाद्यान्न प्रदान, इटहरीस्थित माया घरका अनाथहरुका लागि कम्मल प्रदान, ्रक्यान्सर पिडितहरुका लागि उपचार सहयोग, बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारालाई एक थान बासिङ्ग मेशिन प्रदान, तारा नेपाल बाल ग्राम बिर्तामोडलाई सिलाई मेशिन सहयोग लगायातका थुप्रै आर्थिक सहयोग झापामा गर्नुभएको उहाँका मित्र सुरुङ्गाका नारायण अधिकारीले बताउँनुभयो ।

सम्बन्धित खबर