कनकाई अनलाईन
कोटीहोम धार्मिक विकास संस्थाको आगामी असोज १५ गते हुन गइरहेको निर्वाचनमा यहाँका राजनैतिक दलहरुको नेतृत्वमा बनाईएको प्यानलले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
शुक्रवार सुरुङ्गामा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्रहरुको नाममा संगठित रुपमा अनआवश्यक रुपमा निर्वाचन गराउने काम भएको साँझा प्यानलको भनाई पत्रकार सम्मेलनमा रहेको छ ।
हामीले धाममा राजनिति गर्नुपनि छैन राजनिति गर्नका लागि स्थानीय, संघिय र प्रदेशका निर्वाचनहरु काफी छन, निर्वाचनमा राजनिति गरेको भए एमालेको बेग्लै, कांग्रेस, राप्रपा, माओवादी, जसपा, समाजवादी सबैले आआफ्ना प्यानल बनाएर गइहाल्थौ नि किन सबै दलहरु मिलेर जानेथियौ पत्रकार सम्मेलनमा नेकपा एमालेका कनकाई नगरका अध्यक्ष समेत रहनुभएका साँझा प्यानलका निर्वाचन परिचालन समितिका संयोजक समेत रहनुभएका खड्ग प्रसाईले भन्नुभयो ।
हामीले धाममा राजनिति हावी हुनुभएन भनेस सबैजना मिलेर जान भन्यौ निर्वाचन नर्गनका लागि हामीले समैजना मिलेर जादा कसरी राजनिति भयो प्रसाईको प्रश्न थियो । दलले हामीलाई सहकार्य गरेन दलबाट हामीले सहयोग पाएनौ भन्ने स्वतन्त्र प्यानलको दावी रहेको भन्दै आफुहरुले राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र नागरिक कार्य सम्पादन समुहसग पनि पटक पटक वार्ता र सम्वाद गरेको बताउँनुभयो । स्वतन्त्र नागरिक कार्यसम्पादन समुहले अध्यक्ष हो भने हामी टिममा आउने हो नत्र नआउने भनेर पहिलो सर्त राखेपछि बार्ता सफल हुन नसकेको प्रसाईको भनाई थियो । सर्त राखेर बार्तामा बसेपछि सहमति बन्न नसकेको कुरालाई अहिले आएर दलले हामीलाई गनेनन भन्नु गलत भएको साँझा प्यानलको भनाई थियो ।
यता साँझा प्यानलका प्रचार समितिका सहसंयोजक लीलाप्रसाद चिमरियाले कोटीहोम धार्मिक विकास संस्था कनकाईको मात्रै नभएर देशकै गहना भएकोले निर्वाचन गर्न नहुने भन्दै कनकाई नगरपालिकामा अस्तित्वमा रहेका सबैको साझा प्यानल बनेको र स्वतन्त्र नागरिक कार्यसम्पादन समुहलाई समेत पटक पटक छलफलमा राखिसकेको बताउँनुभयो । जेजे भएपनि देशको राजनैतिक दलहरुलाई पुरै वायस गरेर स्वतन्त्र मात्रैलाई सबै स्थानमा लिएर जादा विकास कसरी हुन्छ ? राष्ट्रिय र स्थानीय बजेटको परिचालन कसरी हुन्छ चिमरियाले बताउँनुभयो । पहिलेको अवस्थाबाट हालको कोटीहोम बन्नुमा यहिका दलको भुमिका रहेको भन्दै तीनै तहको सरकारबाट बजेट ल्याउनका लागि सबै दलको एकता भएको चिमरियाको भनाई रहेको छ । राजनैतिक सहकार्य गर्दा पनि नमिलेको कारण निर्वाचन गर्नुपरेको चिमरियाको भनाई रहेको छ । हामी धार्मिक ठाउँ धार्मिक स्थानमै रहनुपर्छ भन्नेमा रहेका छौ चिमरियाले भन्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी नरेन्द्रप्रसाद फुयालले आफुले निर्वाचन जितेमा यसअघिको समितिमा रहदा गरेको कामको अनुभव र आफ्नो टिममा रहेका साथीहरुको साथ र सहयोगबाट कोटीहोममा मेचीकाली भवन बनाउने देखि लिएर कोटीहोमको बन्धुहरुको एकतालाई थप एकता बनाउनका लागि लागिपर्ने प्रतिवद्धता जनाउँनुभयो । अर्को टिम भन्दा आफ्नो टिमनै सबै उम्मेद्धार र मतदाताहरुको साँझा प्यानल रहेको फुयालको भनाई थियो । कोटीहोमको विकासका लागि आफुहरुले २० वुदे घोषणापत्रनै सार्वजनिक गरेको र थप बुदाहरु निर्वाचन सम्पन्न पछि सल्लाह गरेर तय गरिने फुयालको भनाई थियो । यसैगरि पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्धार निर्मलकुमार खतिवडाले साँझा प्यानल धर्म सस्कृतिको रक्षा गर्न र कोटीहोमलाई हाक्नका लागि सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । पत्रकार सम्मेलन रेणुप्रसाद कडेँलको सञ्चालन गर्नुभएको थियो भने यस क्षेत्रका राजनैतिक दल र साँझा प्यानलका उम्मेद्धारहरुको उपस्थिति रहेको थियो ।