कनकाई अनलाईन
नेपाल टेलिकम सुरुङ्गा साखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अचानक वेपत्ता हुनुभएको छ ।
शनिवार विहान ९ बजेदेखि आफ्नो क्वाटर कनकाई नगरपालिका ३, सुरुङ्गा नयाँबस्तीबाट अचानक वेपत्ता भएका सुवेदीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अधिकृत छैठौ तहका कर्मचारी ३१ बर्षिय सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले आफ्ना श्रीमानसग अन्तिम पटक शनिवार ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताउँनुभयो । फेरि १२ बजेकुरा गर्दा मोवाईल अफ रहेको पाएको श्रीमतीले बताउँनुभयो ।
सुरुमा मोवाईलको चार्ज सकिएर अफ भएको ठाने तर वेलुकी ५ बजेसम्मपनि सम्पर्क नभएपछि भने टेलिकममा सम्पर्क राख्दा कुनै सम्पर्क नभएको श्रीमती ब्रजुनाले बताउँनुभयो ।
बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी आफुभने टेलिकमले उपलब्ध गराएको क्वाटरमा रहदै आउनुभएको थियो । टेलिकमको कार्यालयदेखि उहाँको डेरा ५ सय मिटर नजिक्कै रहेको छ । सुवेदी गत फागुन महिनामा मात्रै बिवाह बन्धनमा बाधिनुभएको थियो । आफ्नो श्रीमान यसरी एकाएक वेपत्ता हुनुपर्ने कुनै कारण नरहेको श्रीमतीले जनाउनुभएको छ । सुवेदी एकाएक हराएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कोठामा चाबी लगाएको र पिएको पानीको ग्लास समेत ओछ्यानमै रहेको तथा मोवाईल बोकेर गएको स्कुटीको चाबी मोवाइलको चार्जर र पर्स कोठामै छाडेको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो । गत फागुन महिनादेखि सुरुङ्गा टेलिकम साखामा कार्यरक्त सुवेदी वेपक्ता भएपछि प्रहरी र परिवारमा खबर गरिएको र परिवार समेत लागेर उहाँका खोजी कार्य जारी रहेको सुरुङ्गा टेलिकमका प्राविधिक कर्मचारी तिलचन ओडारीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
फोटो वेपत्ता अधिकृत सुवेदी