Kanakai Online

पृथ्वी सहकारी सहारामा मर्च हुदै


बुधवार, भदौ २७, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रकै प्रतिष्ठित सहकारीका रुपमा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्था देशकै प्रतिष्ठित मानिने सहारा नेपाल साकोस चारपानेसग मर्च हुने भएको छ ।


पृथ्वी सहकारीको ११ औ वार्षिक साधरणसभा हालै जेसिज भवनमा सम्पन्न गरिएको छ । अव दुबै सहकारीविच केहि औपचारिक बैठक बसेर मर्चको कार्यलाई अन्तिम रुप दिइने पृथ्वी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले कनकाई अनलाईनलाई बताउँनुभयो ।


हामीलाई यस क्षेत्रका अन्य सहकारीहरुलाई जोडेर कनकाई नगरपालिकाभित्र केन्द्रिय सहकारीलाई एउटै सहकारी बनाउनका लागि अनुरोध समेत नआएको होईन तर कनकाई नगरपालिकाका केहि सहकारीहरु हाल बदनामी समेत कमाइरहेका छन । सहकारीमा ताला लागेर फरार रहेका छन यस्तो वित्तिय तरलताका अवस्थामा सहकारीका शेयर सदस्यको लगानी जोखिममा राख्न सकिएन कनकाई नगरपालिकाको सहकारी समन्वय समितिका संयोजक समेत रहनुभएका पोखरेलले भन्नुभयो । खासमा कनकाई नगरपालिकामा मुख्य कार्यालय रहेको २ सहकारीहरु हाल टाट पल्टेर सहकारी संस्थानै ताला लगाएर फरार रहेका छन ।
सरकारले एउटै समान उद्धेश्य रहेका सहकारीमा एक स्थानभन्दा वढी शेयर सदस्य नरहने व्यावस्था गरेको र पृथ्वी सहकारीका ७० प्रतिशत भन्दा वढी शेयर सदस्य पनि सहारा साकोसको समेत शेयर सदस्य रहेका कारण आफुहरु सहारा साकोस सग मर्च गर्नुपरेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाका सचिव शिव कडेँलले कनकाई अनलाईनलाई बताउँनुभयो ।
सहारा साकोसका बिरामी पर्दा र मृत्यु लगायातका अन्य समयमा समेत प्रदान गरिने आकर्षक सेवा सुविधाका कारण पनि हामीलाई शेयर सदस्यहरको सुन्दर भविष्यका लागि सहारा नेपाललाई रोज्यौ कडेँलले भन्नुभयो ।
मर्च पछि पृथ्वी साकोसको यस कार्यालयलाई सहाराको सहारा सुरुङ्गा ख केन्द्रका रुपमा रहने समेत जनाइएको छ । सहाराले यसपछि पनि पृथ्वी साकोसका सदस्यहरुका लागि नियमित घरदैलो सेवा लगायातका गतिविधि निरन्तर रुपमा गरिने जनाइएको छ ।
सुरुङ्गा जेसिज भवनमा आयोजना गरिएको पृथ्वी साकोसको ११ औ साधरणसभामा विभिन्न सहकारीका शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको छ । जसमा उत्कृष्ट बचतकर्ता नारायणप्रसाद कट्टेल र नमिता पोख्रेल, उत्कृष्ट ऋणी धर्मराज प्रसाई र मिरादेवि शहनी र ज्येष्ठ नागरिक शेयर सदस्य भगिरथा सिटौला रहेका छन ।
यसै गरि यस बर्षसम्मको शेयर पुजी १ करोड २८ लाख ६७ हजार ६०० रुपैँया रहेको र जगेडा कोषमा १ करोड ३ लाख १६ हजार ८ सय ४३ रुपैँया रहेको समेत अध्यक्ष कुमारमणि पोखरेलले जानकारी गराउँनुभयो । सहकारीको संञ्चालन आम्दामी ६३ लाख ४० हजार ९ सय ६३ रुपैँया रहेको समेत जानकारी गराइएको छ । साधरणसभामा कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाई, जिल्ला साकोसकी उपाध्यक्ष चम्पा सुवेदी लगायातले आआफ्ना धारणा राख्नुभएको थियो । साधरणसभाको सञ्चालन सचिव शिव कडेँल र स्वागत उपाध्यक्ष एलपी उप्रेतीले गर्नुभएको थियो ।

सम्बन्धित खबर