Kanakai Online

डिआर सुवेदीको भोली अन्त्येष्टि गरिने


बुधवार, भदौ २७, २०८० |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिकास्थित प्यारागन एकाडेमीका पिन्सिपल तथा लायन्स क्लव अफ डिस्ट्रिक ३२५ सी का एडभाइजर डिआर सुवेदीको भोली बिहिवार साढे १० बजे अन्तेष्टि गरिने भएको छ ।


सुवेदीको गत सोमवार साँझ ७ बजेर २० मिनेटमा कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा सवारी दुर्घटनामा परि निधन भएको थियो ।
उहाँको निधनपछि श्रीमती मिना आज बुधवार जापान बाट साँझ मात्रै घर आइपुग्ने र बिहिवार भोली बिहान साढे १० बजे कनकाई माईमा अन्तिम सस्कार गरिने लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाले बताउँनुभयो । हाल डिआर सुवेदीको शव विएण्डी अस्पताल बिर्तामोडको मर्करी रुममा राखिएको छ । सुवेदीको शवलाई भोली बिहिवार विहान १० बजेदेखि आधा घण्टाका लागि उहाँको निजि निवास कनकाई ४ इलुवावारीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ । लायन्सकर्मी, शिक्षासेवी, आफन्तजन, छरछिमेकी लगायातका लागि उक्त आधा घण्टाका लागि श्रद्धाञ्जलिका लागि राखिने समेत परिवारीक स्रोतले जनाएको छ ।


५४ बर्षिय देवराज डिआर सुवेदीको छोरा निर्देश अध्यानका लागि कामण्डौमा रहेका थिए । सोमवार साँझ लक्ष्मीपुरमा बोलेरो गाडी र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सवार झापा कनकाई नगरपालिका ३ निवासी ५४ बर्षिय देवराज सुवेदीको मृत्यु भएको थियो ।
सोमवार साँझ ७ बजेर २० मिनेटको समयमा पुर्वबाट पश्चिमबाट आउदै गरेको प्रदेश १—०१—०१३ प १४१७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जादै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो जिपले ठक्कर दिँदा मोटरसाईकलमा सवार सुवेदी सख्त घाईते हुनुभएको थियो । उहाँको उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ निधन भएको अस्पताल स्रोतले जनाएको छ । सुवेदी बिर्तामोडबाट घर सुरुङ्गातर्फ आउदै गरेको हुनुहुथ्थियो । सुवेदी प्यारागन एकाडेमीका पिन्सिपल तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष समेत रहनुभएको थियो । ठक्कर दिने गाडी र गाडीचालक पाचथर जिल्ला हिलिहाङ गाउँपालिका ७ का होमप्रसाद सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर