Kanakai Online

नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ स् राष्ट्रपति पौडेल


मङ्गलवार, भदौ २६, २०८० |

कनकाई अनलाईन
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।

मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै ट्वीट गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको हो।

‘‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु’’, उहाँले भन्नुभएको छ ।

सम्बन्धित खबर