कनकाई अनलाईन
धार्मिक सहिष्णुता कायम राख्दै गौहत्या र गौतस्करीको नियन्त्रणको मागसहित झापाको दमकमा शान्तिपूर्ण सद्भाव र्याली प्रदर्शन गरिएको छ । ओमकार परिवारको नाममा आइतबार अपरान्ह दमक र्याली ले नगर परिक्रमा गरेको थियो ।
दमक नगर परिक्रमापछि भएको कार्यक्रममा बोल्दै बालशन्त मोहनशरण देबाचार्यले संविधान तथा ऐन, कानुन र नियमको पालना सबैको कर्तव्य भएको बताउनुभयो । त्यसको पालना नभएपछि आफूहरू सडकमा आएको चर्चा गर्नुभयो ।
संविधानको धारा ९ को ९३० मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने प्रस्ट लेखिएको भन्दै यसको संरक्षण हरेक नागरिकको दायित्वमा पर्ने धार्मिक गुरु तथा अगुवाहरूले बताउनुभयो । गाईलाई काट्न मार्न कानुनतः प्रतिबन्ध लगाइएको हुँदा जीवित गाई र गोरुहरू संरक्षणमा लाग्न उहाँहरूले माग गर्नुभयो ।
विभिन्न ठाउँमा छाडिएका र अलपत्र परेका गाईलाई संरक्षणमा जुटिरहनु भएका धार्मिक गुरु नन्दकिशोर भारद्वाजकाअनुसार पछिल्लो समयमा नियोजित रूपमा गौहत्या बढेको र गौतस्करी पनि बढेको बताउनुभयो ।