Kanakai Online

स्वर्णलक्ष्मी साकोसको सुरुङ्गा इकाईगत साधरणसभा


आइतवार, भदौ २४, २०८० |

कनकाई अनलाईन
झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा क्षेत्रको ईकाइगत साधरणसभा यहाँस्थित कनकाई उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
झापा तथा मोरङका विभिन्न क्षेत्रमा साखा कार्यालय रहेको स्वणलक्ष्मीले आफ्नो शेयर सदस्यहरुका लागि इकाईगत साधरणसभा गर्दै आइरहेको छ ।


सुरुङ्गा क्षेत्रका शेयर सदस्यहरुका लागि आयोजित इकाईगत साधरणसभा कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाई, सहकारी विभाग कनकाईका प्रमुख हरिप्रसाद पौडेल, पृथ्वी साकोसका अध्यक्ष कुमारमणि पोखरेल, सहकारीका संस्थापक अध्यक्ष बासुदेव काफ्ले लगायातले झापाका केहि सहकारीका कारण सिंगो सहकारी आन्दोलननै बदनाम हुने गरेको बताउँदै सहकारीमा हुने बेथितिलाई रोक्न सहकारीकर्मी र सरकार चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउँनुभयो ।
सोही कार्यक्रममा स्वर्णलक्ष्मी बचत तथा ऋण सकारी संस्थाका अध्यक्ष बुद्धिसागर बरालले सहकारीले १ अर्व १९ करोड बढीको कारोबार रहेको जानकारी दिनुभयो ।

बरालले संस्थाले बचत निक्षेप तर्फ ६३ करोड बढी संकलन गरेको र ११ करोड ३२ लाख ८४ हजार शेयर संकलन भएको बताउँनुभयो । १३ करोड ६३ लाख ९८ हजार ७ सयको हाराहारीमा कोष निर्माण भई ९८ करोड बढी ऋण लगानी गर्न संस्था सफल भएको अध्यक्षले बताउँनुभयो । संस्थाले आ.व. २०७९÷०८० मा २ करोड ४२ लाख २९ हजार १०८ खुद नाफा रहेको अध्यक्षले कार्यक्रममा बताउँनुभयो ।

संस्थाले आ.व. २०७९÷०८० मा उत्कृष्ट बचत बाल बचत गर्ने एलिजा विष्ट, लक्ष्मी शिवाकोटी, दिवस भट्टराई, परिनिधि भट्टराई र सञ्जु शाहलाई सम्मान गर्ने भएको छ । सुप्पर आवाधिक बचत तर्फ ७ जनालाई सम्मान गर्ने बताईको छ । त्यस्तै संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुमा सुरुङ्गा साखाका ऋषिदेव मैनाली, अनिता अग्रवाल, झिलझिले शाखाका सुनिता कार्की (खड्का), तुलसा खरेल, सरोजकुमार खपाङ्गी, धनमाया न्यौपाने गरी सहकारीका सबै शाखाबाट ३५ जनालाई सम्मान गरिने अध्यक्षले जानकारी दिनुभयो । यसैगरि सहकारीले सदस्यको मृत्यु हुदा, सुत्केरी तथा दिर्घ रोग लाग्दा सहयोग गर्ने विभिन्न अध्यान अवलोकन भ्रमणको व्यावस्था तथा उत्कृष्ट कर्मचारीलाई सम्मान लगायातका कार्यक्रम रहेको बताइएको छ ।

संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारीहरुमा स्कोर अफ द इयर कमल गतौला, फष्ट रनर अप सानी भट्टराई, सेकेन्ड रनर अफ झलक गौतम रहनुभएको छ । त्यसैगरी उत्कृष्ट कर्मचारीहरुमा कृतिका दाहाल, गणेश भट्टराई, हिरो अफ द स्वर्ण लक्ष्मीमा सुशील गतौला रहेको संस्थाले जनाएको छ । सहकारी सञ्चार कर्मी पुरस्कारबाट पत्रकार मनकुमार गदाललाई सम्मान गरिने समेत बताइएको छ । कक्षा १२ उत्तीर्ण छात्र ÷ छात्रा सम्मान अन्तर्गत नगद रु ५ ÷ ५ हजार सहित श्रृषा लामिछाने, अनिष खनाल, सविन बस्नेतलाई पुरस्कृत गरिने संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु प्रतिवेदन अध्ययन गरी भाद्र २५ गते भित्रमा सम्वन्धि शाखामा सुझाब तथा टिप्पणीहरु उपलब्ध गराउन आग्रह गरिएको छ ।

संस्थाका केन्द्रिय कार्यालयमा भाद्र २६ गते हुने साधारण सभामा शेयर धनी महानुभावहरुको सुझाब र टिप्पणी माथि छलफल गरिने र सस्थाका कर्मचारीहरु पनि सोही दिन पुरस्कृत गरिने बताइएको छ । अन्य सम्मानि हुने महानुभावहरुलाई आगामी चैत्र ११ गते हुने संस्थाको वार्षिकोत्सवको अवशरमा सम्मान गरिने जनाइएको छ ।

सुरुङ्गा इकाइगत साधरणसभाको स्वागत सुरुङ्गा इकाइका भरतकुमार ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन व्यावस्थापक कमलकुमार घिमिरेले गर्नुभएको थियो ।

सम्बन्धित खबर