Kanakai Online

सुरुङ्गा जेसिज अब सबैका लागि कार्यक्रम गर्दै जेसिज सप्ताह मनाउँदै


आइतवार, भदौ २४, २०८० |

कनकाई अनलाईन
सन २००८ मा सञ्चालनमा आएको सुरुङ्गा जेसिजले यस बर्षको नारा भने जेसिज सबैका लागि तय गरेको छ । यस बर्ष २०२३ को सुरुङ्गा जेसिजका अध्यक्ष प्रविन तिम्सिनाले जेसिज सप्ताह उदघाटन गर्नुहुदै यस्तो धारणा राख्नुभएको हो ।

यसबर्षमा भने जेसिजले १६ बर्षदेखि ४० बर्षउमेर समुहका लागि मात्रै नभएर सबै उमेर समुहका लागि विविध कार्यक्रममा विच सप्ताह मनाइदै छ । विद्यालयका अभिभावकहरुका लागि कसरी असल अभिभावक बन्ने भन्ने सिकाउदै जेसिज भवनमा प्यारान्टिङ टेनिङ्गको आयोजना गरि मनाइएको छ । कनकाई नगरपालिकाको प्यारागन एकाडेमिका अभिभावकहरुबाट सुरु गरिएको तालिममा ग्लोवल एडुकेयर, पशुपति मावि, कनकाई नगरपालिकाका अन्य विद्यालयहरु र अन्त्यमा कनकाई नगरपालिका क्षेत्रका शिक्षकहरुका लागि समेत तालिम र वक्तृत्वकला समेतको आयोजना गदै यस बर्षको जेसिज सप्ताह मनाइदै छ । यसबर्षको जेसिजको अभियानले सबै उमेरसमुहका लगि लक्षित रहेको कार्यक्रम संयोजक रोहित कोइरालाले बताउँनुभयो ।
जेसिज अभियानको उदघाटन गर्दै अध्यक्ष प्रविन तिम्सिनाले सुरुङ्गा जेसिजले स्थापनकालदेखि यस प्रकारको कार्यक्रम पहिलोचोटी गर्न लागेको जानकारी दिनुभयो । जेसिजको अवको नारा सबैका लागि जेसिज सधैका लागि जेसिज रहेको र यसैका आधारमा यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो ।

जेसिजले निश्चित मानिस र निश्चित उमेर समुहमा मात्रै काम गर्छ भन्ने आम बुझाई रहेकोमा यसलाई चिर्नका लागि यसप्रकारको कार्यक्रमको आयोजना राखिएको तिम्सिनाले बताउँनुभयो ।
अभिभावकहरुलाई पारान्टिङ तालिममा सपना प्रसाई ओडारीले सहजीकरण गरिरहनुभएको छ ।
उदघाटन कार्यक्रममा कनकाई नगरपालिकाका वडाध्यक्ष युवराज चम्लगाई, जेसिजका पुर्वअध्यक्ष तथा उद्योग बाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेल, प्यारागन एकाडेमीकी संस्थापक चम्पा सुवेदी, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, प्यारागन एकाडेमीका पिन्सिपल डिआर सुवेदी, पाथभरा एकाडेमीका श्रीकान्त थापा लगायातले कार्यक्रमको सफलताको शुभकामना राख्नुभएको थियो । जेसिजका कार्यकारी उपाध्यक्ष रिसवसिंह चहारले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव दिपेन्द्र प्रधानले गर्नुभएको थियो । जेसिज सप्ताह विविध कार्यक्रमका विच आगामी असोज ६ गते कनकानाई नगरपालिका क्षेत्रका शिक्षकहरुका लागि तालिमको आयोजना गर्दै समापन गरिने छ ।

सम्बन्धित खबर