कनकाई अनलाईन
यहाँस्थित कनकाई नगरपालिका तथा शिवसताक्षी नगरपालिकाका विद्यार्थीहरुका लागि शुक्रवार झापा सुरुङ्गामा एक दिने साईबर क्राइम र लागु औषध दुब्यर्सन सम्बन्धि सचेतना दिइएको छ । नेपाल रेडक्रस सोसाईटी उपसाखा सुरुङ्गाको सभाहलमा आयोजना गरिएको उक्त एक दिवशीय तालिममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरिक्षक यसोदा घलेले साईबर क्राइम कसरी हुनसक्छ र यसबाट विद्यार्थीहरुले कसरी बच्ने भन्नेवारेमा प्रशिक्षण दिनुहुदै साईबर क्राइम र यसका कानुनी उपचारका वारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रहरी निरिक्षक घलेलले साईबर क्राइमका विभिन्न घटनाहरुको वारेमा बताउँदै बैंक खाताबाट रकम चोरी, विभिन्न उपहार परेको भन्दै ठगि गर्नेदेखि लिएर साथी बनेर अश्शिल भिडियो अपलोड गरिदिने लगायातका घटनाहरु समाजमा बढिरहेको भन्दै साईबर चुनौतीका वारेमा प्रकाश पार्नुभएको थियो । जिल्लामा अहिलेपनि लागुऔषध र साईबर क्राइमका घटनाहरु वढिरहेको भन्दै यसवारेमा जानकारी राख्नुपर्ने आवश्यकता रहेको बताउँनुभयो ।
इन्टरनेट मोवाईल ल्यापटका कारणबाट हुने अपराधजन्य घटनालाई साइबर क्राइम भनिने भन्दै यसको उजुरीका लागि जिल्ला प्रहरी र प्रहरीको साईबर ब्युरो काठमाण्डौमा निवेदन दिन सकिने बताउँदै जुनसुक्कै घटनाका लागि स्क्रीन सर्ट पहिले लिन समेत सबैलाई प्रहरी निरिक्षक घलेले सुझाव दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी सुरुङ्गाको आयोजनामा भएको कार्यक्रममा लागुऔषध प्रयोग र यसका असरका वारेमा विशाल भट्टराई र हरि पोखरेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा यस क्षेत्रका विभिन्न विद्यालयका एक सय विद्यार्थीको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाईटी सुरुङ्गा उपसाखाको आयोजनामा भएको कार्यक्रमको सभापतित्व नेरेसो सुरुङ्गा सभापति बालकृष्ण प्रसाई र स्वागत रेडक्रसका दिपक भट्टराईले गर्नुभएको थियो भने संञ्चालन उपसाखाका यज्ञराज कार्कीले गर्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश रेडक्रसका श्याम पौडेलले पार्नुभएको थियो , भने कार्यक्रममा नेपाल रेडक्रस जिल्लाका सभापति लोकराज ढकाल, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।