लीलाराज झापाली
पुर्वाधार विकास आयोजनाको प्रदेशकै गौरबको आयोजनाका रुपमा हेरिएको सुरुङ्गा झापा अमरपथ सडक खण्ड अन्र्तगतको सुरुङ्गा चप्रामारी सडक खण्ड समयसिमा सकिनुभन्दा केहि महिना अगाडिनै आयोजना सम्पन्न भएको छ ।
यसरी देशमा ठेकेदार कम्पनीले काम समयमै नसकेको भनेर समाचार आइरहेको बेला यसभने समयबाकी रहदै काम सम्पन्न भएसगै स्थानीय र सरकार पक्षले निर्माण कम्पनी कनकाई आशिस जेभीलाई धन्यावाद दिएका छन ।
कनकाई नगरपालिकाका र झापा गाउँपालिकामा रहेको यस सडक खण्डको कनकाई तर्फको ठेक्का पाएको यस कनकाई आशिस जेभिले पाएको थियो भने झापा गाउँपालिकाको भने मैनाचुली निर्माण कम्पनीले पाएको थियो । तर झापा गाउँपालिकाको भने काम हुन बाकी रहेको छ । यसतर्फको काम समेत अन्तिम अवस्थामा रहेको पुर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउँनुभयो । हामीले कनकाई नगरपालिकाको काम सम्पन्न गरिसकेका छौ काम सकाएर रकम समेत अन्तिम किस्तावाहेक सबै भुक्तानी गरिसकेको अवस्था हो अव चाडै अन्तिम किस्ता समेत भुक्तानी हुने छ श्रेष्ठले भन्नुभयो ।
सुरुङ्गा चप्रामारी क्षेत्रको ८ किलोमिटर सडक खण्ड कनकाई नगरपालिका ३ नम्बर वार्ड र कनकाई नगरपालिकाकै ५ नम्बर वार्डमा पर्छ सडक निर्माण सम्पन्न भएसगै स्थानीयलाई आवगमनमा सहज भएको छ भने स्थानीयले आफ्नो घर अगाडिको क्षेत्रमा आफ्फै फुलवारी लगाउने र गोलमेल गर्ने पानी हाल्ने काम गर्दै आएका छन । यसका लागि कनकाई नगरपालिकाले सहजीकरण समेत गर्दै आएको छ ।
निर्माण कम्पनी स्थानीय र देशकै प्रतिष्ठा कमाइसकेको हुनाले समेत समयमै आफ्नो कतव्य पुरा गरिछाडेको कनकाई इन्टरनेशनल बिल्डर्स प्रालिका इन्जिनियर विदुर मैनालीले बताउँनुभयो । हामीले कोरोना कहरका विच समेत सुरक्षा मापदण्ड अपनाएर यस महत्वकांक्षी कामलाई सम्पन्न गरेका छौ । आफ्नो तर्फबाट काम सकाएका छौ निर्माण कम्पनीहरु सबै समयमा काम सक्दैनन भनेर सरकार र जनताबाट जुन आरोप खेपिरहनुपरेको थियो यस योजनामा समेत हामीले चिर्न सकेका छौ मैनालीले भन्नुभयो । यता जिल्लाकै नमुना काम गर्न पाउँनु र समयमै काम सम्पन्न गर्न पाउँनु आफ्नो कम्पनीका लागि समेत गौरवको कुरा भएका कनकाई इन्टरनेशनल विल्डर्सका व्यावस्थापक लीला सेलवालले बताउँनुभयो ।
कनकाई नगरपालिकाका सुरुङ्गादेखि झापा गाउँपालिकाको लसुनासम्मको २४ किलोमिटर क्षेत्रको यस सडक खण्ड निर्माण सकाएपछि सुरुङ्गादेखि झापा बिहारको डिघलबैँक नाकासम्म नेपालीहरुको पहुच सहज हुनेमात्रै छैन । यस क्षेत्रका लाखौ जनाता लाभान्वित हुने र यस नाकालाई पुर्ण रुपमा संञ्चालनमा ल्याउन सकेमा नेपालकै सबैभन्दा छोटो दुरीमा नेपालले बंदरगाहबाट सामानहरु नेपाल भित्राउन सक्छ । जसले नेपाल भित्रिने सामानको यातायात खर्च कम हुनजाने छ ।