कनकाई अनलाईन
झापाका अग्रज पत्रकार दिपेन राई ( दिपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन ।
लामो समयदेखि झापाली पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक प्रकाशक रहेका छन भने उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन ।
दिपेनले आफु लामो समयदेखि माओवादी र तल्लो बर्गका भुईमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफुलाई समाचार लेखेकै भरमा समेत नेपाली सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गर्नुभयो । पत्रकार दिपेनले यसवारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गर्नुभएको छ ।
दिपेन राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पुर्व प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पुर्व मन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रिय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका झापा जिल्ला इन्चार्ज एवम प्रदेश सांसद राजेन्द्र कार्की, पार्टीका केन्द्रिय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठक लगायातले राईलाई आज विशेष कार्यक्रमका विचमा स्वागत गर्नुभएको हो । राईलाई केन्द्रिय कमिटीमा विशेष जिम्मेबारीमा लैजाने समेत तयारी गरिएको कार्यक्रममा जनाइइको छ ।