कनकाई अनलाईन
झापामा धार्मिक एकताको अनुपम नमुना प्रस्तुत गर्दै क्रिसियनहरुको संस्था जिवित वचन मण्डलीबाट मुस्लिम समुदायद्धारा संञ्चालित मुस्लिम गल्र्स मदरसालाई खानेपानीको फिल्टर ट्याङ्की जडान गरिदिएको छ ।
जीवीत वचन मण्डली बिर्तामोडले झापाको झापा गाउँपालिका–३ मा रहेको मुस्लिम गर्ल्स मदरसालाई २ लाख ५० हजार रुपैँया खर्च गरेर खानेपानीको फिल्टर ट्यांकी प्रदान गरेको हो ।
झापा गाउँपालिका ३ का वडाध्यक्ष सुवासलाल गणेशले नेपाल जस्तो सबैधर्म र सम्प्रादायहरु मिलेर बसेको देशमा एकअर्काको धर्म संस्कृतिको संरक्षणका लागि मद्धत गरेर एकताको शन्देश दिएको भन्दै पानीको ट्याङकी राखेर उत्कृष्ट काम गरेको बताउँनुभयो । मण्डलीका पास्टर नामुएल राईले उक्त खानेपानी फिल्टर ट्यांकी मदरसालाई हस्तान्तण गर्नुभएको हो ।
विगत लामो समय देखि उक्त मदरसामा खाने पानी को समस्या रहँदै आएको र अहिले आएर खानेपानीको समस्या समाधान भएको मदरसाका अध्यक्ष कमल मियाँले बताउँनुभयो । खानेपानी फिल्टर ट्याङ्की सहयोग गर्ने जीवित वचन मण्डली र सहजीकरण गरिदिने पास्टर जगन्नाथ पौडेल लाई पनि मुस्लिम समुदायले धन्यवाद ज्ञापन गरेका छन ।