Kanakai Online

लागु औषध ओसार प्रसारको हाइबे बन्दै दक्षिणी झापाको बोर्डर


सोमवार, भदौ ११, २०८० |

कनकाई अनलाईन
झापाको झापा गाउँपालिकाबाट ठूलो परिणाममा लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । सरकारले काँकडभिट्टा नाकामा १०० रुपैँया भन्दा बढीको रकमका सामानमा कडाई गरेसगै त्यस नाकाबाट सामान ल्याउनेहरुले रुट फेरेसगै लागुऔषध कारोवारीले समेत आफ्नो रुट फेरेका छन ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी–७ का २७ वर्षीय बिनोद लिम्बू,सोही नगरपालिका–१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह–४ का २५ वर्षिय सन्देश लिम्बू रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

आइतबार बेलुका अन्दाजी ९.१५ बजे झापा–१ को बेलायतीबारीमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्रमणी राईको कमान्डमा खटिएको प्रहरीले टोलीले संका लागि चेक जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ ५० ग्राम, तीन थान मोबाइल र ५० हजार नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

फेला परेको ५० ग्राम ब्राउन सुगर, प्रदेश १–०२–०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल,नगद सहित पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
फोटो बरामद ब्राउनसुगर सहित सार्वजनिक गरिदै तस्वीर लीलाराज खडका

सम्बन्धित खबर