कनकाई अनलाईन
सुरुङ्गा । रोटरी क्लव अफ सुरुङ्गाले शनिवार आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ५१ पिन्ट रगत संकलन भएको छ ।
रोटरी क्लव अफ सुरुङ्गाले देशमा बढिरहेको रगत अभावलाई टार्नका लागि हरेक बर्ष बार्षिक क्लालेण्डर बनाएरै यसप्रकारको रगत दान कार्यक्रमको आयोजना गरिने रक्तदान कार्यक्रमका संयोजक तथा पुर्व रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलले बताउँनुभयो ।
सुरुङ्गास्थित कुमुदिनी भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रक्तदान कार्यक्रमबाट रोटरीले देशमा मानवीय सेवामा उल्लेख्य योगदान पुर्याएको भन्दै रोटरीको अनुकरणीय कामले अन्य संघ संस्थालाई समेत शिक्षा भएको बताउँनुभयो । रोटरी जस्ता जनहितकारी संघ संस्थासग मिलेर काम गर्न र समन्वय गर्न नगरपालिका सदैँव तयार रहेको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
कार्यक्रम रोटरीका अध्यक्ष शिव कडेँलको सभापतित्वमा सम्पन्न भएको थियो ।