Kanakai Online

झापामा स्टार होटल बढेसगै होटल मेनेजमेन्टमा विद्यार्थीको आकर्षण


मङ्गलवार, भदौ ५, २०८० |

कनकाई अनलाईन
झापामा पछिल्लो समय स्टार होटल खुल्ने क्रम बढेसगै होटल मेनेजमेन्ट अध्यान गर्ने विद्यार्थीको चाप बढेर गएको छ ।


अध्यान सकाएसगै रोजगारीमा लागिहाल्ने र झापामा पछिल्लो समय स्टार होटल खुल्ने क्रम बढेसगै होटल मेनेजमेन्टका विद्यार्थीमा चाप बढेर गएको बिर्तामोडस्थित आदर्श स्कुल अफ मेनेटमेन्टका तालिम विकास संयोजक दिपक दासले बताउँनुभयो । झापामा स्टार होटल खुल्नेक्रम वढेसगै झापामै होटल मेनेजमेन्टको अध्यान हुने यस विद्यालयमा हरेक बर्ष विद्यार्थीको अध्यानको चाप वढेको दासले बताउँनुभयो ।

यस विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरुले झापा र देशभरका अन्य स्टार होटलहरुमा विद्यार्थीहरुलाई फ्लोसिपका लागि पठाउँदै आएको छ । विद्यार्थीहरु फ्लोसिपमै मनग्गै कमाई गर्ने र फलोसिपसकिए लग्गतै सोहि होटलमा आकर्षक तलबमा अनुबन्ध हुने गरेको दासको भनाई छ ।

हाल आदर्शका विद्यार्थीैहरु प्राय मेचीनगरको ५ तारे होटल एचएमसी, बिर्तामोडको किङ्सब्रेरी, सिद्धार्थ लगायातका होटलहरुमा फ्लोसिपमा काम गर्नुका साथै काम सकाएपछि रोजगारीमा रहेका छन भने होटल मेनेजमेन्ट अध्यान गरेर विश्वका धेरै युरोपियन तथा गल्फमै समेत आकर्षक कमाई गरिरहेको स्कुल संञ्चालक संन्जोग खरेलले बताउँनुभयो ।


हालसम्म आदर्श स्कुल अफ मेनेजमेन्टबाट छैटौ बर्षमा स्कुल चलिरहदा ३५० जना विद्यार्थीहरु अध्यान सकाएर स्वेदश तथा अन्यत्र रोजगारी तथा थप अध्यानका लागि गइसकेको र अध्यान सकाएपछि कोहीपनि बिद्यार्थी बेरोजगार हुनु परेको सुचना आफुकहाँ नआएको खरेलले बताउँनुभयो ।
अध्यान सकेसगै तत्काल र अध्यान गर्दागर्दै रोजगारीमा लाग्ने कारणपनि हुनसक्छ यस होटल मेनेजमेन्टमा विद्यार्थीको आकर्षण वढेको हो, खरेलले भन्नुभयो । हाल यस कलेजमा होटल मेनेजमेन्ट र विजिनेश स्टडीका कक्षाहरुमा विद्यार्थीहरु अध्यान गरिरहेका छन ।

सम्बन्धित खबर