कनकाई अनलाईन
एनआरएनएको उपमहासचिव पदमा प्रमोद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् ।
अक्टोबरमा काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि सुरुदेखि नै एनआरएनएको अभियानमा सक्रिय सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
वर्तमान कार्यसमितिमा सचिव रहेका सिटौलाले एनआरएनएको सचिवालय व्यवस्थित गर्नका लागि आफ्नो पहल हुने बताएका छन् । यसैगरी अहिले सुरु भएको स्मार्ट एनआएनएको अवधारणालाई अझ सफल बनाउनका लागि र सबैलाई साथमा लिएर साख बढाउने काम गर्ने बताएका छन् ।
झापा कनकाई नगरपालिका वाड १ स्थायी घर भै बिगत २० बर्ष देखि अमेरीकामा बसोबास गरेको सिटौला अन्तराष्ट्रिय झापाली समाजको पुर्व उपध्याक्षय तथा हालका सल्लाकार पनि हुनुहुन्छ । नेपाली कांग्रेसका पुर्ब महाधिबेशन प्रतिनिधि समेत रहेका सिटौला प्रष्ट बक्ता र हकि स्वाभाब का मानिन्छन ।ल्च्ल्ब् मा झापालीहरूको ठूलो प्रभाब छ ।करिब ३५० भन्दा बडि नै डेलिगेट झापाली रहेको बुझिएको छ ।झापा जिल्लाबाट एनआरएनए आईसीसी को उच्च पदमा कार्यरत सिटौला मात्र एक हुनुहुन्छ ।