Kanakai Online

नयाँ दल र एमालेलाई सरकारले कुनै काम नर्गदिए हुने भन्ने चाहना छ, गगन थापा


सोमवार, भदौ ४, २०८० |

कनकाई अनलाईन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारमा रहेको बेला राम्रो काम गरे आगामी निर्वाचनमा नजितिएलाकी भन्ने चिन्ता गर्नै नपर्ने बताएका छन् ।

नयाँ खुलेका दल र प्रमुख प्रतिपक्षी एमालेलाई अबको चार बर्ष मुलुकमा कुनै काम नहोस भन्ने लागेको तर सरकारले जनतको मन जित्ने गरी काम गर्नु पर्ने उनले सुझाव दिए ।

झापाको शिवसताक्षी नगरपालिकामा आइतबार आयोजित नेपाली कांग्रेसको एतिहासीक प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले चारै तिर कुशासन मात्रै भएको बेला कांग्नेसले जनपक्षिय काम गर्नुपर्ने उनले सुझाए । ‘कांग्रेसले यो अवसर नयाँ दल र एमालेलाई दिन हुदैँन,’ उनले भने । कांग्रेसले यस्तो बेलामा जन पक्षिय काम गरे नयाँ दल र एमालेको मिसन चौरासी सफल हुन नसक्ने भन्दै उनले जनपक्षिय काममा जुट्न कार्यकर्तालाई अनुरोध गरे ।

जन पक्षिय काम गरे जनताले ०८४ को निर्वाचनमा बहुमत दिलाएर पठाउने छन् । शिवसताक्षीमा पनि नेता कार्यकर्ताले जनभावना अनुसार उहाँहरूको मन र भावना जित्नुपर्ने उनले बताए ।

‘मिसन चौरासी भन्नेहरुलाई अहिलेको समयको कुनै चिन्ता नभएको उनले बताए । यो समयको जिम्मेवारी कांग्रेसले लिएर जनताको पक्षमा काम गर्नुको विकल्प छैन, उनले भने । कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महामन्त्री थापाले जनताको निराशाको ब्यापार गर्नेहरुले अहिले केहि उपलब्धी हासिल गर्न नसकेको र आगामी दिनमा पनि नेपाली कांग्रेसलाई केही प्रभाव पार्न नसक्ने उनको जिकिर थियो।

उनिहरूले नयाँले भ्रम फैलाईरहेक छन् । त्यसलाई चिरेर नागरिकको पक्षमा काम गर्न प्रदेश र स्थानिय तहका समितिलाइ मेरो अनुरोध छ, उनले भने ।
अर्को फरक प्रसंगमा कांग्रेस महामन्त्री थापाले जिवनभर कांग्रेसमा लागेर समाजको सानो जिम्मेवारी पाउँदा पनि सच्चा भावनाले काम गरेका कांग्रेस कार्यकर्ताले नेतृत्वले गरेको भ्रष्टाचारको अपजस पार्टीले बोक्न नसक्ने पनि बताए। जसले गल्ति गरेको छ उसैले जिम्मेवारी लिनु पर्छ । कांग्रेस जोगाउने तल्लो तहका कार्यकर्ता हुन् । यदि कांग्रेसको कोही व्यक्ति गलत कुरामा सामेल हुन्छ भने त्यो त्यही व्यक्तिको निजी कुरा हो, उनले भने ।

महामन्त्री थापाले कांग्रेसको शिवसताक्षी नगर समितिको मुक्त कन्ठले प्रशंसा गरेका छन् । ‘नगर सभापति अशोक बस्नेत ज्यु ।तपाइलाई धन्यवाद । नेपाली कांग्रेसले पटक पटक हारेको यो नगरमा यो भिड देख्दा अचम्वित भएको छु,’ उनले भने, ‘यो नगरमा नेपाली कांग्रेसको यतिको भिड हुदा हुदै पार्टिले किन र कसरी हार्यो रु’ मुलुकका अन्य पालिका समितिले पनि शिवसताक्षीको जस्तै कांग्रेस जन जुरूक्क उचालेर कांग्रेस इतरको मिसन चौरासी विफल बनाउनु पर्ने उनले बताए ।

नेपाली कांग्रेस शिवसताक्षी नगरको प्रथम नगर सम्मेलन सम्मेलन एतिहासिक रूपमा सम्पन्न भएको नगर समितले जनाएको छ । सतासीधाम सामुदायिक अध्ययन केन्द्रको सभाहलमा भएको कार्यक्रममा कम्तिमा १ हजारको हाराहारीमा कार्यकर्ता थिए । हल मा भन्दा बाहिर मानिसको चाप थियो । कार्यक्रममा सहभागी पत्रकारका अनुसार महामन्त्री थापाको भाषण सुन्न आएका मध्ये ३५ प्रतिसतले बस्ने ठाउँ समेत पाएका थिएन । तर पनि महामन्त्री थापाको भाषण उनहरूले एकचित भएर सुने ।

सम्बन्धित खबर