Kanakai Online

देशमा विकासका लागि योजना दिने राजनितिज्ञ चाहिएको छ, गगन थापा


आइतवार, भदौ ३, २०८० |

कनकाई अनलाईन
नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व मन्त्री गगन थापाले नेपालमा अहिले विकासका लागि योजना दिने नेता र राजनितिज्ञ चाहिएको बताउँनुभएको छ । झापाको बिर्तामोडमा विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले भन्नुभयो अव हामीलाई गनगन गर्ने र समस्या ओकल्ने मात्रै नेताको काम छैन देशलाई निकास र विकास दिने नेता र राजनितिज्ञको खाचो छ । नेपालमा युवा पुस्ताबाट मात्रै यो सवै सम्भव रहेको थापाको भनाई थियो । थापाले विकसित अन्य मुलुकले समेत समय छदै आर्थिक समृद्धि प्राप्त गरेका कारण अहिले विदेशबाट समेत युवालाई आफ्नो देशमा लगेर काममा लगाउन सफल बनेको भन्दै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन २० बर्षे योजना तयार गर्नुपर्ने बताउनुभएको छ ।

थापाले नेपाल अबको २० देश बुढाहरुको देश हुने भन्दै यसअगाडिनै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव हुने बताउँनुभयो । बुढो भएपछि विकास सम्भव हुँदैन देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गर्नुपर्छ थापाले भन्नुभयो ।
थापाले नयाँ आउने राजनीतिक शक्तिहरुले उत्तेजनाको राजनीति गरेको भन्दै उत्तेजनाकै राजनीतिका कारण देश धेरै पछि परेको बताउँनुभयो । कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, सचिव नवीन विमली, कोषाध्यक्ष जलकुमार गुरुङ लगायातले बोल्नु भएको थियो ।

सम्बन्धित खबर