Kanakai Online

कमिशन खाएर पार्टी चलाउँदिन लामिछाने


शनिवार, भदौ २, २०८० |

कनकाई अनलाईन
राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमानका साथ पार्टी चलाएर यो देशमा परिवर्तन ल्याएरै छोड्ने बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी झापा गाउँपालिकाले झापा बजारमा आयोजना गरेको खुल्ला सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

कमिशन खाएर पार्टी चलाउदैनौ ढुक्क हुनुहोस,हामी शानले इमानका साथ छाती ठूलो पारेर ,शिर उचो राखेर यो देशमा परिवर्तन ल्याएरै छाड्छौ ू लामिछानेले भने। २०८४ साल सम्ममा देशका विभिन्न कुनामा पुग्दै होनाहार युवाहरुलाई गाउँपालिका अध्यक्ष,वडाध्यक्ष बनाउनु छ भन्दै अब झोला बोकेर पार्टीमा कुद्नेको अन्त्य गर्नु पर्ने उनले बताए। सम्बोधनकै क्रममा रास्वपाका केन्द्रिय सदस्य रमेश प्रसाईले जान्नेलाई छान्ने नीति नलिएर यो देसमा विकास नभएको बताए।

धानको ध नजान्ने कृषी मन्त्री हुन्छन् ,कानुनको धारा र पानीको धारा नचिन्ने कानुनमन्त्री हुन्छन् अनि कसरी बन्छ देशको निति ूप्रसाईले भने। राष्ट्रिय स्वतन्त्र पार्टीले सहि ठाउँमा योग्य मानिस छान्ने निति लिएको बताउदै संबैधानिक समाजवादनै रास्वपाको लक्ष्य लिएको प्रसाईले बताए। खुल्ला सभालाई अन्य वक्ता केन्द्रिय सदस्य कुसुम महर्जन,प्रतिनिधि सभा सदस्य डाक्टर मुकुल ढकाल लगायतले सम्बोधन गरेका थिए।

सम्बन्धित खबर