कनकाई अनलाईन
वैदेशिक रोजगारीका लागि ओमन भनेर लगिएकी झापा अर्जुनधारा ६ लक्ष्मीपुरकी ३० बर्षिय युवती ३ बर्षदेखि इराकमा बन्दक बनेपछि परिवारले उद्धारका लागि आग्रह गरेको छ ।
बैदेशिक रोजागारीको सिलसिलामा तीन वर्ष अघि ओमन गएकी युवती कमला मुर्मुलाई इराकमा लगेर बेचेको आमा लखी मुर्मुले दावी गर्नुभयो ।
बिर्तामोडस्थित समुन्नत नेपालको कार्यालयमा विहीवार पीडित परिवारका तर्फबाट पत्रकार सम्मेलनको आयोजना गर्दै आमा लखीले छोरीलाई स्थानीय बिर्तामोड निवासी मदन खरेल र इटहरी निवासी गोविन्द कट्टेलले ललाई फकाई रोजगारीका लागि ओमन लैजाने भन्दै लगेको र हालसम्म पनि एक रुपैँया पनि पैसा नपठाएको र छोरीले समेत बारम्बार वेला वेलामा आफु बेचिएको बताएपछि आफु ३ बर्षदेखि न्यायको खोजीमा भौतारिरहेको बताउँनुभयो । सुरुमा छोरीलाई कता लगेको भनेर मदन खरेलको घरमा जादा छोरी काम गर्दै छिन भनेर घरखर्च भन्दै केहि रकम दिने गरेकोमा १ बर्ष अगागिदेखि भने छोरी लैजाने सम्पर्कमा आउनै नमानेको मुर्मुले बताउँनुभयो । बिदेश गएका अरुका छोराछोरी २ बर्षमा छुट्टिमा आउने गरेको भन्दै भन्दा २ बर्ष कटेपछि भने छोरी लैजाने खरेल र कट्टेल आफ्नो कुरै नसुन्ने गरेको मुर्मुको गुनासो छ । छोरीले कहिलेकही रुदै मलाई तलव माग्दा कुटपिट भयो भनेर फोन गर्ने गरेको लखीले बताउँनुभयो । छोरीलाई विगत तीन वर्षदेखि इराकमा उनलाई बन्धक बनाएर शोषण गरिरहेकोले छोरीको नेपाल ल्याउन पहल गरिदिन सबैसमक्ष परिवारले अनुरोध गरेको छ ।
इटहरीको बाँसवारी घर भएका गोविन्द कट्टेल र बिर्तामोड –१ निवासी मदन खरेलले आफ्नी छोरीलाई ओमनमा रोजगारी दिलाउने भन्दै बिदेश पु¥याएको र इराकमा लगेर बेचेको आमा लखीको भनाई छ । केही समयअघि आमासगको सम्पर्कमा छोरीले आफु बेचिएको बताएको आमाको भनाई छ । छोरीको उद्धारका लागि प्रहरी सिडियो कार्यालय सबैतिर गएपनि सहयोग नपाएको मुर्मुको गुनासो रहेको छ । छोरी विदेशमा वेपत्ता बनेपछि ज्वाई समेत सम्पर्कमा नरहेको भन्दै ८ वर्षकी नातिनीको समेत पालन पोषणको जिम्मा हजुरआमा लखीको काधमा आएको छ । तीन वर्षसम्म छोरीको अत्तोपत्तो थिएन, अहिले छोरी सम्पर्कमा आइन् तर उनलाई उद्धार गर्नु पर्ने भयो, मेरो बलबुताले नभ्याएपछि तपाईहरुलाई गुहारेकी हुँ पत्रकार सम्मेलनमा ६५ बर्षिय लखीले भन्नुभयो ।
कमला २०७७ साल भदौ १० गते ओमन जाने भनेर घरबाट हिँडनु भएको थियो । तर, उनीलाई इराक पु¥याइएको स्थानीय संगिता प्रसाईले बताउँनुभयो ।
विदेश गएकी कमला बेपत्ता भएसंँगै उनलाई विदेश पठाउने एजेन्ट कट्टेल र खरेललाई डेढ वर्ष अघि घरबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर छलफल गराएको र त्यत्तिबेला उनीहरुले १५ दिनभित्र छोरीलाई नेपाल झिकाइदिने भनेर हालसम्म पनि सम्पर्कमा नरहेको प्रसाईले बताउँनुभयो ।
सम्मनुत नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी कोपिला बस्नेतले कमलाको उद्धारमा सहयोग पु¥याइदिन सरोकारवाला सबैमा आग्रह गर्नुभएको छ ।