सम्पादकिय
मध्य झापाकाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा क्षेत्रबाट अनलाईन संकरणसहित हामीले कनकाई साप्ताहिक र कनकाई अनलाईनको यात्रा थालेको पनि अहिले ९ बर्ष प्रवेश गरेको छ ।
समयका हिसाबले यो समयअवधि भनेको सिक्ने र स्कुल जीवनकै समयअवधि रहेको छ तर गाउँघरमा रहेर नियमित रुपमा यसरी पत्रिका प्रकाशन गर्नु भनेको पक्कैपनि फलामको चिउरा चपाउनु सरहको यात्रा रहेको छ । वढ्दो सामाजि सञ्जालको प्रयोगका विचमा देशका नाम चलेका र जिल्लाका दैनिक पत्रिकाहरु समेत धमाधम बन्द भइरहेको यस अवधिमा झापाको मध्य भाग सुरुङ्गाबाट नियमित रुपमा हामी प्रकाशन भइरहेर नबौ बर्ष प्रवेश पाएको खबर यहाँ तपाईहरु प्रवृद्ध पाठक बर्गमा यो सन्देश प्रवाह गर्न पाउनु पक्कैपनि चानचुने कुरा होईन ।
यस यात्रामा तपाई प्रिय पाठक, विज्ञापनदाताहरुको साथ र समर्थन विना हाम्रो यात्रा एक कदम पनि अगाडि वढन सक्ने थिएन । सामाजिक संञ्जालले विश्वलाई एउटा सानो गाउँमा परिणत गरिसकेको यस अवस्थामा पनि हामीले नियमित रुपमा पत्रिका प्रकाशन गर्न सक्नु भनेको तपाई पाठक, विज्ञापनदाता, वितरक, समाचारदाता, लेखक लगायातको अटुट रुपमा प्रदान गरिरहनुभएको माया र सदभावनै हो । यो माया र सदभाव हामीलाई अझै बर्षौ बर्षसम्म रहिरहने छ भन्ने आशा राखेका छौ ।
सिमित स्रोत र साधनका बाबजुत तपाईहरुको सुचनाको भोकलाई कतिसम्म पुरा गर्न सक्यौ या सकेनौ तर यो अवस्थामा आइपुग्दा यति चाहि भन्नै पर्छ हामीले तपाईहरुको सुचनाको भोगलाई पुरा गर्न नसकेपनि भोक जगाउँने र पत्रिका पढने बानीलाई निरन्तता दिन भने कोशिस गरिरहेका छौ । तपाहरुबाट हामी निरन्तर निरन्तर रुपमा सहि मार्गदर्शन सल्लाह र सुझावको अप्रेक्षा राखेका छौ । तपाईहरुकै माया र मार्गदर्शन बाट हाम्रो आगामी बर्षौ सम्मको यात्रा जारी रहने विश्वास दिलाउन चाहान्छौ । हाम्रो यात्रा आरम्भको यस नबौ बर्ष प्रवेशको अवशरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, संघ संस्थाका प्रतिनिधि, राजनैतिक दल, कनकाई नगरपालिका परिवार सहित झापा तथा इलाम र अन्य प्रदेशभरका पालिकाहरुमा समेत हामीलाई सधै यस्तै किसिमको रचनात्मक साथ सहयोग र सल्लाह निरन्तर निरन्तर प्राप्त हुने आशा राखेका छौ ।