Kanakai Online

कनकाईका क्रियाशील राजनीतिक दलद्वारा बिरोध प्रदर्शन


आइतवार, साउन २८, २०८० |

कनकाई अनलाईन

कनकाई नगरपालिकाका क्रियाशील राजनीतिक दलहरुले आईतबार नगर परिसरमा बिरोध प्रदर्शन गरेका छन ।

कनकाई नगरपालिकाले जग्गाको अत्याधिक चर्को मूल्याङ्कन , घर नक्सा पासको लागि झनै महङ्गो राजश्व , ऐलानी जग्गाको धनीपूर्जा दिँदा जग्गा किने सरह महङ्गो शुल्क तोकिएको , नगरको कृषि तथा पशु विकास कार्यमा गैह्र सरकारी संस्थालाई बिचौलियाकोरुपमा प्रयोग गरेको जस्ता विषय सच्याउन यहि साउन ११ गते कनकाई नगर भित्रका ७ क्रियाशील राजनीतिक दलहरुले ज्ञापनपत्र बुझाएकोमा छलफलका लागि समेत नबोलाई राजश्व घटाएको प्रचार गरी आर्थिक मन्दीको वर्तमान अवस्थामा नागरिकको ढाड सेक्ने गरी कर वृद्धि हुनेगरी सम्पतिको मूल्याङ्कन गरी असुली गरेको भन्दै राजनिती दलका नेता कार्यकर्ता साथै सर्वसाधारण समेतले नारावाजी गर्दै नगर परिसरमा विरोध प्रदर्शन गरेका हुन ।

बिरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाई , माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाँई , राष्ट्रिय स्वतन्त्र पार्टीबाट गत निर्वाचनको संघीय सदस्यमा उमेदवारी दिएका शम्भु सुस्केरा , राष्ट्रिय स्वतन्त्र पार्टीका कनकाई नगर अध्यक्ष नन्दकुमार चुडाल , नेकपा एसको तर्फवाट अम्बिका उप्रेती लगायतले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनका क्रममा वक्ताहरूले नगरभित्रका जग्गा बर्गिकरण पश्चात आवाश तथा व्यावसायिक क्षेत्रमा राखिएको जग्गाको सम्पत्ति कर ९ मालपोत० अत्याधिक वृद्धि गरिएको , घरजग्गा नक्सा पासको राजश्व अव्यवहारिक र महङ्गो भएको , ऐलानी जग्गामा बर्षौदेखि बसोबास गर्दै आएका नागरिकहरुलाई बाटो पैनी भनेर जग्गाको धनीपुर्जाबाट बञ्चित गरिन लागेको , नगरले सरपट नापी ल्याएर नगरको जग्गा नापी गर्न ढिलाई गरेको , कृषि तथा पशु विकासको बजेट अन्य एनजिओ आइएनजिओलाई दिएर बदमाशी गरेको , नगर अस्पतालको बिषयमा गम्भीर नभएको हुदा , यहाँ स्थित राजनिती दलहरु संग सहकार्य र छलफल समेत नगरी मन खुसी रुपमा नगरले नागरिकको ढाड सेक्नेगरी गरेको निर्णय खारेज गर्दै ब्यवहारीक ढंगले छलफल र सहमतिको आधारमा नागरिकलाई लाभ मिल्ने गरी काम गर्न अनुरोध गरेका छन ।

नगरले अझ पनि नागरिकका माग प्रति बेवास्ता गरे भोलिका दिनामा आन्दोलनलाई अझ ससक्त बनाउदै जाने पनि कार्यक्रमका बक्ताहरुले चेतावनी दिएका छन ।
विरोध प्रदर्शन पहिले उपस्थित नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

सम्बन्धित खबर