Kanakai Online

श्रीमतीलाई गाडेर भागेका श्रेष्ठ काँकडभिट्टाबाट पक्राउ


आइतवार, साउन २८, २०८० |

कनकाई अनलाईन
श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट होटलमा लुकेर बसेको अवस्थामा फेला परेका छन ।

राजकुमारले आफ्नी २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार दिउसो पक्राउ गरेको हो । काँकडभिट्टाको एउटा होटलमा लुकीछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताउँनुभयो ।

पक्राउ गरिएका श्रेष्ठलाई तेह्रथुम लगिने प्रहरीले जनाएको छ । गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो ।

घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ६ वर्षीया एक छोरी समेत रहेकी छिन ।

सम्बन्धित खबर