Kanakai Online

रानी सामुदायिक वन उपभोक्तामा रोटरीको गोडमेल सहितको वृक्षरोपण


शनिवार, साउन २७, २०८० |

कनकाई अनलाईन
रोटरी क्लव अफ सुरुङ्गाले यहाँस्थित रानी सामुदायिक वन उपभोक्ता समुहको हाताभित्र वृक्षरोपण सहित विरुवाको गोडमेल गरेको छ । कनकाई नगरपालिका ३ मा रहेको यस रोटरी क्लवले छिमेकी पालिका झापा गाउँपालिकामा रहेको झापाकै सानो मध्येको यस रानी रानी सामुदायिक वन समुहको हाताभित्र विभिन्न प्रजातिका विरुवा रोप्नका साथै यसअघि रोपिएका बिरुवाको गोडमेल गरेको हो ।

रोटरीले यसअघि यस सामुदायिक वनको हाताभित्र २५० वटा टिक जातका बिरुवा रोपिएको र हाल आएर थप बिरुवा रोपणको साथमा पुराना विरुवालाई गोडमेल गरेको रोटरी क्लव सुरुङ्गाका अध्यक्ष शिव कडेँलले बताउँनुभयो ।

बिरुवा गोडमेल तथा वृक्षरोपण कार्यक्रममा अध्यक्ष कडेँल सहित पुर्वअध्यक्ष कुमारमणि पोखरेल, रानी सामुदायिक वन समुहका अध्यक्ष नरेन्द्रकुमार आङदेम्बे, रोटरीका पुर्वअध्यक्ष टिका जम्मर कट्टेल, सुशिलकुमार श्रेष्ठ, ख्याम प्रसाई लगायातको उपस्थिति रहेको थियो । रोटरीले यस वन समुहका विरुवाको हेरचाह र गोलमेलका लागि रोटरीले बार्षिक क्यालेण्डरनै बनाइएको र हरेक बर्ष रोपिएका बिरुवाको गोडमेल कार्यक्रम जारी राखिने रोटरीका सुरुङ्गा अध्यक्ष शिव कडेँलले कनकाई अनलाईनलाई बताउँनुभयो ।

सम्बन्धित खबर