कनकाई अनलाईन
सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरि गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरको छ ।
डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।
सतासीधाम सामुदायिक वन उपभोक्ता समूह – झापा सताक्षीधाम –८ र माइ नगरपालिका इलाम ८) का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहनुभएका लेखा हेर्ने इन्द्र प्रसाई, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका ४ जनाबिरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्धा अघि बढाएको बताएको छ ।
वन कार्यालयले १ महिनाभित्रजना १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ । डिभिजन वन कार्यालय इलामका डिएफओ दान बहादुर श्रेष्ठले यस घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ ।
डिभिजन वन कायालय प्रमुख श्रेष्ठका अनुसार यो घटना अलि अगाडिको भएपनि अनुसन्धान प्रक्रिया पुरा गरेर बिहीवार पक्राउ गरिएको हो । वनभित्र ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको थियो । यस्तै ब्लक नं. २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको वन कार्यालयले जनाएको छ । यस्तै, ५ नं. ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेदगो रहेको छ । टुना र फाला गरेर जम्मा ७ सय किवि रुख कटान भएको सूचना प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले वनको रेखदेख नभएका कारण हुने घटनामा पदाधिकारीको कमजोरी हुने औल्याएको छ । तर, सताक्षीधाम सामुदायिक वनको भने समुहकै पदाधिकारीको संलग्नता देखिएको जनाएको छ । चालकले सिधैं फर्निचरमा काठ पुराएको सम्म प्रमाण जुटेको वन कार्यालयले जनाएको छ। प्क्राउ गरिएकाहरुलाई शुक्रवार म्याद नै थप भइसकेको जनाइएको छ ।
जंगल इलाममा, उपभोक्ता झापामा भएको उक्त समुहको समितिका पदाधिकारी झापाका रहेका छन । डिभिजन वन कार्यालयले अञ्जानमा भएका साना घटनाहरुलाई जरिवाना गरेर छोड्न सकिए पनि नियतव गरिएका नियम विपरितका घटनामा मुद्धा चल्ने जनाएको छ । यसैविच सोहि प्रकृतिको घटनामा छिमेकी अर्को गैडे सामुदायिक वन उपभोक्ता समुहमाथि समेत कार्वाही गरिएको थियो ।