कनकाई अनलाईन
कनकाई नगरपालिकामा यहि साउन १ गतेदेखि सुर्तिनन्य पदार्थको बिक्री बितरण तथा सेवन बन्द गरिएसगै यसको कार्यान्वयनमा नगरपालिका कडाईका साथमा उत्रिएको छ ।
कनकाई नगरपालिकाकी उपमेयर आशाशर्मा शिवाकोटीको नेतृत्वमा रहेको नगरपालिकाको प्रहरी, पत्रकार र बजार व्यावस्थापन सहितको टोलीले कनकाई नगरपालिका ९ नम्बर वार्डको घैलाडुब्बा बजारमा सोमवार अनुगमन गरेको छ ।
अगुगमन टोलीमा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, प्रशासकिय अधिकृत जमुना कटुवाल, सिनियर अनमी टिकामाया दवाडी, घैलाडुबा बजार व्यावस्थापन समितिका अध्यक्ष सुमन ढकाल, पत्रकार महासंघका प्रदेश सदस्य लीलाराज झापाली, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी सहयाक निरिक्षक आशिस घिमिरे, कनकाई नगरपालिकाका कर्मचारी बिजय पाठक, बाल संञ्जाल कनकाईका अध्यक्ष अभिषेक मिश्र लगायातको टोलीले कनकाई नगरपालिका ९ स्थित घैलाडुब्बा बजारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा केहि पसलहरुमा सुर्तिजन्य पदार्थको खुलेआम बिक्री गरेको पाइएको थियो । कनकाई ९ को एक होटलमा भोला, सुर्ति लगायातका सामाग्रीहरु बाहिरै झुण्डियाएर राखिएको पाइएको थियो । ती सुर्तिजन्य पदार्थलाई अनुगमन टोलीले तत्काल बरामद गरि होटल संचालिकालाई २ दिनभित्रमा कनकाई नगरपालिकामा हाजिर हुन आउन निर्देशन दिइएको कनकाई नगरपालिकाका कर्मचारी बिजय पाठकले बताउँनुभएको छ ।
यसैगरि घैलाडुब्बा बजारका केहि पसलमा मिति सकिएका खाद्य सामाग्रीहरु बेसार दाल लगायातका साथै, विस्कुट, कस्मेटिक सामाग्री, च्यामलप्रास लगायातका सामाग्रीहरुमा मिति सकिएको पाइएको थियो । ती सामाग्रीहरु पनि बरामद गरि स्थानीय बिरिङ नदिमा नष्ट्रगरिएको छ ।
अनुगनमा क्रममा बजार क्षेत्रमा पसलको सफाई, दर्ता नविकरण, कर लगायातको वारेमा समेत सचेत गराइएको थियो ।
कनकाई नगरपालिकाले सुर्तिजन्य पदार्थको विक्री बितरणका लागि अव कम्तीमा अनुगमन र कार्वाहीलाई कडाईका साथमा लागु गरिछाडने कनकाई नगरपालिकाकी उपमेयर आशाशर्मा शिवाकोटीको भनाई छ ।
यसैविच भोलीबाटै कनकाईका अन्य स्थान र बजारमा समेत अनुगमन गरिने र विक्री गर्नेलाई ५० हजार सम्म जरिवाना र सुर्ति खानेलाई रु ५ हजारसम्म जरिवाना गरिने अगुगमन समितिले जनाएको छ । बजारको अनुगमन गर्नका लागि कर्मचारी , जनप्रतिनिधि, पत्रकार र प्रहरीको विशेष टोलीलाई स्टेण्डबाई राखिएको नगरपालिकाले जनाएको छ ।