Kanakai Online

राप्रपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड


सोमवार, साउन १५, २०८० |

कनकाई अनलाईन
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।

महागरका प्रमुख बालेन्द्र साहको निर्देशनमा मापण्ड विपरित बनाइएको धुम्बाराहीस्थि पार्टी कार्यालय हटाउन लागिएपछि कार्यालयमा राप्रपाका नेता तथा कार्यकर्ताको भीड लागेको हो ।

आज ९सोमबार० महानगरपालिकाको टोली डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि राप्रपाका नेता कार्यकर्ताहरुले अवरोध गर्ने जनाइरहेका छन् ।
डोजर जाने बाटोमा राप्रपाका कार्यकर्ताले गाडी तेर्स्याएर राखेका छन् भने कार्यालय परिसरमा ठूलो सङ्ख्यामा भीड लागेको छ ।

यसअघि शुक्रबार महानगरले राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो । सो समयमा राप्रपाले कार्यालय नहटाएपछि महानगरले आज डोजर चलाउन लागेको हो ।

सम्बन्धित खबर