कनकाई अनलाईन
गम्भीर प्रकृतिका बिरामीलाई सरकारले उपलब्ध गराउदै आएको मासिक उपचार खर्च कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंले बिरामीको घरघरमै पुगेर बितरण गर्नु भएको छ ।
मृगौला प्रत्यारोपण गरेका , डायलाइसिस गराईरहेका , क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका वडा भित्र रहेका बिरामीहरुलाई अौषधि उपचार वापतको खर्च वितरण कार्यविधि २०७८ अनुसार उपलब्ध गराउदै आएको मासिक ५ हजार रुपैयाँ अध्यक्ष चौलागाईंले विरामीको घरघरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
कनकाई नगरपालिका ३ मा हाल गम्भीर प्रकृतिका २९ जना बिरामीहरु रहेको र उहाँहरुको सहजताका लागि घरघरमै सेवा प्रदान गरिएको अध्यक्ष चौलागाईंले बताउनु भएको छ । यस पटक आर्थिक बर्ष २०७९र०८० को दोस्रो अर्धबार्षिकको १ महिनाको प्राप्त रकम वितरण गरिएको पनि चौलागाईंले जानकारी गराउनु भएको छ ।