Kanakai Online

समाचार प्रभाव चिया मजदुरले पाए पारिश्रमिक


शुक्रवार, साउन १२, २०८० |

कनकाई अनलाईन
झापा।झापा गाउँपालिका २ मा रहेको कुवाडीदेवी टि स्टेट प्रालिमा कार्यरत मजदुरहरुले पारिश्रमिक पाएका छन् ।

४ महिना देखिको पारिश्रमिक नपाएको भन्दै काम ठप्प पारेर आन्दोलित बनेका मजदुरहरु डेढ महिनाको पारिश्रमिक पाएसँगै हिजो बिहिबार देखि काममा फर्केका छन् ।मजदुरले पारिश्रमिक नपाएको र आन्दोलित बनेको खबर कनकाई अनलाईन डटकम लगायत अन्य मिडियामा प्राथमिकताका साथ प्रकाशनरप्रशारण भएको थियो।

चिया मजदुरसँग वार्तामा बसेका टि स्टेटका सन्चालक सुरेश अग्रवाल र चिया मजदुर बिच हाललाई डेढ महिनाको पारिश्रमिक लिने र बक्यौता अढाइ महिनाको यही साउन भित्रमा लिनेरदिने सहमती भएर मजदुर काममा फर्केको मजदुरका अगुवा जगन्नाथ पौडेलले बताउनु भयो।

झापा गाउँपालिकामा रहेको यो चिया बगान करिव ३ सय विगाह क्षेत्रफलमा रहेको छ।सन्चालकले यहाँका करिव १ सय जना चिया मजदुरको पारिश्रमिक ४ महिनाले देखि नदिएको भन्दै मजदुर आन्दोलित बनेका थिए।पारिश्रमिक नपाउँदा जिविकोपार्जनमै कठिनाई भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए।