Kanakai Online

सुरुङ्गामा दुले चोरको बिगबिगी, तीन पक्राउ


बुधवार, साउन १०, २०८० |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको सरस्वति टोलमा सोमवार राति चोरी भएको छ ।

घरमा कोहि नभएको अवस्थामा स्थानिय जनार्दन पौडेलको घरमा राति घरको ढोका साथै ग्रिल समेतको ताला काटी चोरी भएको घरधनी पौडेलले बताउनु भएको छ ।

चोरले घरमा भएको सुन १ तोला , चादी २० तोला , झर्के थाल बोटुका , पुराना पैसा , लताकपडा लगायतको सामाग्री चोरेको पौडेलले बताउनु भएको छ ।

केही दीन अगाडि मत्रै पनि पौडेलका छिमेकी नारायण न्यौपानेको घरमा दिनदहाडै चोरी भएको थियो । त्यस्तै एक दिन अगाडि पनि कनकाई ५ तुल्सिबारिमा चोरी भएको थियो । यसरी सुरङ्गामा चोरको बिगबिगी बढी स्थानियमा त्रास फैलिए पछि स्थानियले प्रसाशनले सुरक्षागस्ती वढाउनु पर्ने माग गरेका छन । यसैविच कनकाई नगरपालिका सुरुंगा क्षेत्रमा चोरी गर्ने गिरोह मध्ये तीन जनालाई इलाका प्रहरी कार्यालय सुरुंगाले पक्राउ गरेको छ ।

सम्बन्धित खबर