Kanakai Online

वामपन्थी सरकार बनेको महिनादिनमै विएण्डसी विर्तामोडले टिचिङ्ग अनुमती ओली र प्रचण्ड


शनिवार, मंसिर २, २०७४ |

लीलाराज झापाली
विर्तामोड , मंसिर २ गते ।
नेकपा एमालेका अध्यक्ष एवम पुर्वप्रधानमत्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रविच निर्वाचन लगत्तै पार्टी एकिकरण हुने वताउँनुभएको छ ।

शनिवार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा आयोजित स्वास्थ्य महोत्सवको उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसग विर्तामोड पुग्नुभएको नेता ओलीले दुईपार्टीविचको एकिकरण रहर लहडले नभएर देश वनाउने संङ्कल्पका साथमा एकिकरण गर्न लागिएको वताउँनुभयो । ओलीले पार्टी एकिकरणका लागि चुनाव अगाडि नभ्याइएकाले चुनाव अगाडि तालमेलमात्रै गरिएको भन्दै चुनावमा तालमेल गर्दामात्रै अन्य दलमा चुइचालो गएको भन्दै विरोधी पार्टीहरुले नचाहिने हल्ला फैलाइरहेको वताउँनुभयो । उहाँले कम्युनिष्टहरुले देशमा सक्नेभए , खाने भए खत्तम पार्नेभए भनेर हल्ला फैलाईरहेको वताउँदै वामपन्थीहरुको सरकार यो देशका जनताका अधिकार सुरक्षित गदै सामाजिक आथिक रुपमा सम्पन्न बनाउने वताउँनुभयो । सरकारले जनआकांक्षा पुरा गर्न सरकार अगाडि वढ्ने वताउँनुभयो ।
ओलीले सयुक्त राष्ट्रसंघले तोकेको सन २०३० सम्मवाट देशमा गरिवी हटाउनेमा नेपालले हस्ताक्षर गरिसकेको हुनाले अव वाकी १३ वर्षमा ४० लाख विदेशगएका युवालाई स्वदेशमा रोजगारीको अवशर दिलाउन सम्भव नभएको हुनाले यो लक्ष्य पुरा गर्नका लागि देशमा तीव्र विकासको वाटो लिनुपर्नेमा जोड दिनुभयो । ओलीले विएण्डसी लगायातलाई मेडिकल स्वीकृतिका लागि संसादमा सरकारका तर्फवाट विधयेक आफैँ ल्याएर आफैँ फिर्ता लिएको भन्दै अव बन्ने कम्युष्ट्र सरकारले सरकार वनेको २ महिनाभित्र विएण्डसी र अन्य वाकी रहेका प्रक्रिया पुर्याएका मेडिकल कलेजहरुलाई संचालनको अनुमति दिने वताउँनुभयो । उहाँले यहिका विद्यार्थीले् यहिको मेडिकल पढन पाउनुपर्ने र विद्यार्थी पढन विदेश पठाउने वहानामा अरवौ रकमा विदेश पठाउने धन्दा अवको सरकारले बन्द गर्ने वताउँनुभयो ।
कार्यक्रममा वोल्दै माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा स्थिर र वलियो सरकार नहुदा राष्ट्र र जनताको पक्षमा गर्न खोजेका कामहरु गर्न नसकिएको वताउँनुभयो ।
प्रचण्डले ३ वर्षअघि आफैँले उदघाटन गरेको टिचिङ्ग हस्पिटल आफैँ प्रधानमन्त्री हुदासमेत टिचिङ्गका लागि अनुमति दिन नसकेको भन्दै आफु घटनाको साक्षीमात्रै बनेकोमा अव वन्ने सरकारले यसको अनुमति दिने वताउँनुभयो । दाहालले कम्युनिष्ट्र गठवन्दको वलियो सरकार वनेसगै विकास निर्माण र अन्य कुरामा देशले गतिलिने समेत वताउँनुभयो । यहाँले निजि क्षेत्रबाटै भएपनि देशको समृद्धिका लागि खोलिएका अस्पताललाई सरकारले सहयोग गर्नुको सट्टा असहयोग गरेको भन्दै कम्युनिष्ट्रको सरकारले मात्रै देशको समृद्धिका लागि काम गर्न सक्ने वताउँनु भयो ।
नेपाल , भारत तथा विभिन्न देशका डाक्टरहरुले स्वास्थ्य जाँच गरिरहेको यो स्वास्थ महोत्सव आगामी मंसिर ६ गतेसम्म चल्ने अस्पतालका प्रवन्ध निर्देशक दुर्गा प्रसाईले वताउँनुभयो । स्वास्थ्य महोत्सवको उद्घाटनमा पुर्व प्रधानमन्त्रीद्धयको समेत स्वास्थ्य जाच गरिएको थियो ।
 

सम्बन्धित खबर