Kanakai Online

जुत्ताभित्र ३५ ग्राम ब्राउन सुगर


बुधवार, साउन १०, २०८० |

कनकाई अनलाईन
झापामा प्रतिबन्धित लागूऔषधसहित प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।

मंगलबार बेलुकी ७ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली एकजना युवालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका वडा नं.४ आईतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्लाई चेकजाँच गर्दा निजले लगाएको जुत्ताभित्र प्रतिबन्धित लागूऔषध खैरो हेरोईन ब्राउन सुगर ३५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभएको छ ।

सम्बन्धित खबर