Kanakai Online

झापा जिल्लाको महत्वपूर्ण जानकारी बोकेको पुस्तक झापाको प्रतिबिम्ब


बुधवार, साउन १०, २०८० |

द्रोण अधिकारी

भद्रपुर । प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने लेखक खेमराज दाहालले झापा जिल्ला भित्रका महत्वपूर्ण जानकारी समेटेर पुस्तक प्रकाशन गरेका छन् ।

बजारमा चलिरहेको पुस्तकको आकार भन्दा भिन्न र अनौठो शैलीमा प्रकाशित पुस्तकको नाम झापाको प्रतिबिम्ब राखिएको छ ।

झापाका १५ वटै स्थानीय तहलाई समेटेको पुस्तकले जनप्रतिनिधि, भौगोलिक अवस्था, पेशा व्यवसायको अवस्था, पर्यटकीय क्षेत्र, जल जमीन र जंगलको अवस्था, साहित्य कलाको पहिचान, राष्ट्रिय महत्वका विषयलाई शसक्त रूपमा पुस्तकले विशेष ज्ञानसहित जानकारी दिने छ ।

हेर्दा सामान्य क्लालेण्डर जस्तो आकृतिमा देखिने पुस्तकले झापालाई चिनाउने प्रयास गरेको देखिन्छ । लेखका शब्दलाई सापटी लिएर भन्ने हो भने पुस्तक तथ्यमा आधारित इतिहासदेखि वर्तमानसम्म सत्य दस्तावेज हो ।

शब्द र चित्रको मिश्रणबाट निर्मित पुस्तकले झापालाई जिवन्त राख्ने प्रयास समेत गरेको छ । पुस्तक भित्र पसेपछि पाठकले अल्छी नलाग्दै पढिसक्न पाउने छन् किनकी शब्दहरू तथ्यमा आधारित र सम्पर्क नम्बर, सम्बद्ध व्यक्ति, स्थानको पर्याप्त जानकारी समेटिएको छ ।

यो पुस्तकले झापाका कुनै पनि स्थानीय सरकार तथा जनप्रतिनिधिसित सम्पर्क गर्न सहयोग गर्ने छ । घुम्न, हेर्न वा डुल्न जाने पर्यटकीय स्थालको सूचि छनौटमा यो पुस्तक महत्वपूर्ण सामग्री बन्ने देखिन्छ ।

लेखक दाहाल कम्प्युटर प्राविधिक रहेकै कारण हुन सक्छ पुस्तक छोटो छरितो र सरल भाषा शैलीमा तयार हुन सफल देखिन्छ । विद्यालय तहका बालबालिकादेखि सरकारी जागिर खान चाहने युवा युवतीसम्मलाई अति आवश्यक हुन सक्ने पुस्तकको मूल्य न्यक्तिगत रू ३००।— र संस्थागत रू ५००।— राखिएको छ ।

लेखक दाल मेचीनगर ३ बाहुण्डागीमा वि सं २०३४ चैत्र २१ जन्मिएर हुर्के पनि रोजगारीको शिलसिलामा सदरमुकाम भद्रपुर झरेका उनी भद्रपुर ७ का बासिन्दा हुन् । उनले आफ्नो जन्मभूमि झापालाई चिनाउन यस पुस्तक मार्फत निकै मेहेनत गरेको देखिन्छ ।

सम्बन्धित खबर