कनकाई अनलाईन
झापा गाउँपालिका ४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
झापा–४ ग्रामथानका गौतम कुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सिमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार अन्दाजी १२ बजे डेनिस खेल्नेक्रममा पानीमा डुबेका थिए ।
उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएकोमा उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।