Kanakai Online

लियो क्लव अफ कनकाईका अध्यक्ष चौधरीले आफ्नो जन्मदिन अनाथ आश्रममा


सोमवार, साउन ८, २०८० |

कनकाई अनलाईन
लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमन चौधरीले आफ्नो जन्मदिन यहाँस्थित सुस्त मनस्थिति सरोरकार समाजमा रहेका वालवालिकाहरुसग गएर मनाएका छन ।


चौधरीले आफ्नो जन्मदिनको अवशर पारेमा सरोकार समाजमा रहेका अपाङ्ग वालवालिकाहरुलाई खाद्यान्न र मिठो खानेकुरा बितरण गरेर मनाउँनु भएको छ । आफ्ना पिता तथा लायन्स क्लवका कोषाध्यक्ष राजकिशोर चौधरी, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल लगायातको सहभागितामा अपाङ्ग सरोकार समाजमा जानुभएका चौधरीले बालवालिकाहरुलाई एक दिनका लागि भएपनि खानेकुरा खुवाउनु भएको थियो भने अन्य दिनका लागि खाद्यान्न सहयोग गर्नुभएको थियो । कार्यक्रममा सुस्त मनस्थिति सरोकार समाजकी अध्यक्ष शान्ता पोखरेलले आश्रमको समस्याका वारेमा सबैलाई जानकारी गराउँनुभएको थियो ।

सम्बन्धित खबर