कनकाई अनलाईन
कनकाई नगरपालिका ३ का युवा रमेशचन्द्रबाबु मैनालीेले वडाले गर्ने कामहरु आफै गर्नथालेपछि सबैमाझ लोकप्रिय बन्नुभएको छ । हुनत सडक बत्ती, हिलाम्मे बाटोमा पुरुवा हाल्ने, बिरामीलाई आर्थिक सहयोग लगायातका प्रतिनिधिकामहरु सम्बन्धित वार्डले गर्नुपर्ने हो । अन्यत्र सायद यस्तै हुने गरेको पनि होला तर कनकाई नगरपालिका ३ मा भने यी र वार्डले गर्ने यस्ता कामहरु हाल एक युवाले आफ्नै गोजीको खर्चबाट गरिरहेका छन ।
हालैमात्र रमेश मैनालीले सुरुङ्गा सब्जीबजारमा बाटो हिलाम्मे भएर हिडडुल गर्न समस्या भएको खबर आउनसाथ रमेशचन्द्रबाबु मैनालीले आफ्ना केही सहयोगका साथमा आफै फरुवा र ट्याक्टरमा मिक्स गिटी लिएर पुगिहाले त्यसवेला कनकाई ३ नम्बर वार्डले भने आफ्नो बजेटमा वार्ड कार्यालय नजिक्कैको बाटोलमा पिच गरिरहेको थियो । यसो गरिरहदा स्थानीयले भने पिच जस्तो संघिय सरकारले गर्ने काम वार्डले गरेको र वार्डले गर्ने काम रमेशचन्द्रबाबुले गरेको भनेर प्रसंसा गरिरहेका थिए । रमेशचन्द्रबाबु मैनालीले आफ्नै खर्चमा कनकाई ३ नम्बर वार्डभर १०० भन्दा बढी पोलमा सडकवत्ती हालिसकेका छन । वार्डले हेरेन हामी अध्यारोमा पर्यौ सर्पले टोक्ने भयो भन्दै स्थानीयहरु आफ्नो घरमा आएपछि सहयोग गरेको मैनालीले बताउँनुभयो ।
वार्डकार्यालयलाई समेत आफुले ग्रेटर नेपालको ठुलो नक्सा राख्न दिन खोज्दा वार्डका जनप्रतिनिधिहरु डराउनुभयो र अस्वीकार गर्नुभयो सायद उहाँहरुलाई पनि आफ्नै समस्या होलान तर म भने जनताको काम गरिरहने हो जनताको काम गर्नका लागि जनप्रतिनिधिनै हुनुपर्छ भन्ने छैन मैनालीले भन्नुभयो । व्यापारीहरुले आफ्नो कमाईको केहि अंश दानधर्म गर्ने गरेको पाइएपनि आफुभने समाजमा काम गर्दै जादा उल्टै ऋण लागेको अनुभव छ मैनालीसग ।
देशमा ३ तहको सरकार छ तर तीनै तहको सरकारसग समन्वय नहुदा वार्डले गर्ने काम र संघले गर्ने कामको समान प्रकारको हुने गरेको मैनालीको गुनासो छ । तीनै तहको सरकारले पिच बनाउन रकममा जोड दिदा सडक वत्ती स्वास्थ्य शिक्षा र हिलोमा मिक्स गिटी कसले हाल्ने हो मैनालीले गुनासो गर्नुभयो ।