कनकाई अनलाईन
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिनुभएको हो।
थानीका अनुसार पेट्रोल छ रुपियाँले घटेर क वर्गमा १६१।५०, ख वर्गमा १६३ र ग वर्गमा १६४ रुपियाँमा झरेको छ।
त्यस्तै डीजल र मट्टीतेलमा समान चार–चार रुपियाँ घटेको छ।एलपी ग्यासमा १० रुपियाँ घटेको छ। अब एलपी ग्याँस एक हजार ७९० रुपियाँ पर्नेछ।
डिजेलको नयाँ मूल्यअनुसार क वर्गमा १४३।५, ख वर्गमा १४५ र ग वर्गमा १४६ रुपियाँ पुगेको छ।घटेको नयाँ मूल्य आज राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।