कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रका पुराना पत्रकार तथा ठोस खबर अनलाईनका सम्पादक पत्रकार सिएम शर्मालाई यस बर्षको कनकाई नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
आज कनकाई नगरपालिकामा आयोजित नगरको तेह्रौ नगरसभा तथा आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिकरणमा शर्मालाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले नगद १० हजार राशी सहित सम्मान गर्नुभएको हो । विगत २ दशकदेखि पत्रकारितामा आवद्ध शर्मा पत्रकार महासंघ झापाका सदस्य तथा प्रेस सेन्टर नेपालमा आवद्ध रहनुभएको छ । कनकाई नगरपालिकाले हरेक बर्ष यस क्षेत्रका पत्रकारहरुलाई कनकाई नगर विकास पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै आइरहेको छ ।
यसैविच सोहि कार्यक्रममा विच उत्कृष्ट कृषकका रुपमा कनकाईका अगुवा कृषक झम्पकलाल आचार्य र रविलाल भट्टराईलाई समेत नगद १० हजार सहित सम्मान गरिएको छ । यसैगरि कनकाई नगरपालिकाका कर्मचारीहरु आइटी अफिसर खगेन्द्र मिश्र, इन्जिनियर विशाल थेबे, लेखापाल प्रकाश अधिकारी, कर्मचारीहरु समिक्षा खतिवडा, पवित्रा याक्सो, सोभित राई, मजेबुल मिया, तारादेवि पोखरेल र कविता वराइलीलाई समेत नगद १० हजार सहित उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको छ ।
यसैगरि सेवा निवृत हुनुभएका महिला स्वास्थ्य स्वयम सेविकाहरु सुमित्रा नेपाल, देविकुमारी पौडेल र राधादेवि कोइरालालाई समेत नगद १ लाख सहित सम्मान र विदाई गरिएको थियो । यसैविच नगरपालिकाले उत्कृष्ट करदाताहरु प्रफुल्ल पोखरेल, कुमारमणि पोखरेल, राजकुमार राजवंशी, छत्रबहादुर कार्की, बुद्धिमान बोहोरा र सम्भु शाहलाई समेत सम्मान गरिएको थियो । सेवा निवृत हुनुभएकी सरस्वती मास्केलाई समेत सम्मान सहित विदाई गरिएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका ४ नम्बर वार्डका वडाध्यक्ष रोषन सुवेदी, ६ नम्बरका वडाअध्यक्ष दिर्घबहादुर थापा र ७ नम्बरका वार्डध्यक्ष भुषण सिटौलाले आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गर्नुभएको थियो ।
कार्यक्रमा उप्रप्रमुख आशाशर्मा शिवाकोटीले स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।