राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा अब ३ दल मात्र नरहेको बताएका छन् ।
राष्ट्रिय महत्वका मुद्दाहरुमा ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुले मात्र बसेर निर्णय गर्ने गरेकोमा उनले आपत्ति जनाए ।३ दल र ३ दलका नेताले गरेका निर्णय आफूहरुलाई मान्य नहुने उनको भनाई छ ।‘घरीघरी ३ दल, ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न’, उनले भने, ‘कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन ।’
‘पहिलो र दोस्रो दल मिल्यो भने मात्र सरकार बन्न सक्छ,’ संसदको गणिततिर संकेत गर्दै उनले भने, ‘पहिलो र दोस्रो दल मिलेन भने अरु दुईटा दल मिलेर सरकार बन्दैन, धेरै मिल्नुपर्छ ।आफूहरुले राष्ट्रियताको विषय उठाएर संसद अवरुद्ध गर्दा मिटर ब्याज पीडितलाई न्याय दिने अध्यादेश पारित हुन दिएनन् भन्ने गलत आरोप लगाएको लिङ्देनले बताए ।