Author: Tikaram Bastola

झापा, साउन १३ । मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट राजश्व छलेर कन्टेनरसहित एक करोडको सामान भित्रिएको भोलिपल्ट भद्रपुर नाकाबाट पनि राजश्व छलेर लाखौंको सामान भित्रिएको छ । जुन सामान सशस्त्र प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । आज बिहान ८.१४ बजेको समयमा भद्रपुर नगरपालिका वडा न. ५ संगम चोकमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको ५ जनाको मोबाइल गस्ती टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ज १८२१ नं. को पिकअपलाई चेकजाँच गर्दा अन्दाजी १८ लाख २४ हजार ७२४ मूल्य बराबरको १६ पोका कपडा बरामद गरेको थियो । शंकास्पद देखिएको त्यति मूल्यबराबरको सामान र ८ लाख…

Read More

१२ साउन, काठमाडौं । मनाङका सोनाम घ्याम्चे घले (लामा धुन्डुप)ले गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई पालनपोषण र शिक्षदीक्षा दिलाउने भनेर काठमाडौंको स्वयम्भूमा ‘स्नो मन्जुश्री स्कुल’ नामक बालगृह सञ्चालन गरेका थिए । देशका विभिन्न भागबाट त्यस्ता अनाथ र सहयोगापेक्षी बालबालिका जम्मा गरेर ल्याए । उनीहरुको शिक्षादीक्षाका लागि भन्दै नेपाली तथा विदेशी दाताहरुसँग रकम पनि उठाए । तर, असहायलाई शिक्षा दिलाउने जस्तो पवित्र कामको आवरणमा बाल यौन शोषण जस्तो जघन्य अपराध गरिरहेको तब मात्रै खुल्यो, जब एक विदेशी दाता सहयोगका लागि भन्दै मंगलबार बालगृह पुगे । ती विदेशी नागरिकलाई बालगृहकी एक बालिकाले गोप्य रुपमा लेखेर दिइन्, ‘आइ वाज सेक्सुयिल्ली एब्युज्ड इन दिस…

Read More

टीकाराम बास्तोला बाह्रदशी /झापाको बाह्रदशी गाउँपालिका भित्रको १६ ओटा सामुदायिक विद्यालय मध्ये पशुपति मा.वि आफ्नो छुट्टै पहिचान बोकेको विद्यालयको रुपमा चिनिएको छ। बाह्रदशी -३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयल सामुदायिक विद्यालयको भीडमा कम्प्युट इन्जिनियरिङ(टेक्निकल) विद्यालयको रुपमा चिनिएको हो । यस विद्यालयमा कम्प्युटर इन्जिनियरिङका ९ देखि १२ सम्म का कक्षाहरु संचालन छन्। उक्त विद्यालय बाट कम्प्युटर इन्जिनियरिङ तर्फका कक्षा १२ को एक ब्याज सम्मेत निकाली सकेको प्रधानाध्यपक थीर कुमार दाहालले जानकारी दिनु भएको छ ।वि. सं. २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७६ साल देखि कक्षा ९ वाट १२ कक्षा सम्मका विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङ विषय पठन पाठन गराउन सुरु गरिएको थियो…

Read More

काभ्रेको धुलिखेलबाट काठमाडौं जादै गरेको यात्रुबाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ। बा ३ ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुङ्गे पुलमुनि दुर्घटनामा परेकाे हो। उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी चौकी जगातीले जनाएको छ।

Read More

टिकाराम बास्तोला /सुदुर पश्चिमका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै देशभर पैदल यात्रामा निस्किएका कैलाली , गौरीगँगा नगरपालिका , ४ खुरखुरियाका देवराज पाध्याया आज झापा आईपुग्नुभएको छ । ३८ वर्षिय पाध्याय पैदल खुट्टाले नेपाल घुम्ने लक्ष्यका साथ यात्रा सुरु गरेको १ सय २६ दिनमा झापा आईपुग्नुभएको हो । पैदल हिनेर आफ्नो देश कस्तो छ भन्ने थाहा पाउन पैदल हिनेको बताउने पाध्यायाले यात्रासँगै सुदुरपश्चिमको पर्यटकीय क्षेत्रहरुको पनि प्रचार प्रसार गर्दै आउनुभएको छ । सुदुरपश्चिमको खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुन्ज ,गोदावरी र वडिमालिका धाम ,अपी र शैपाल जस्ता हिमालको प्रचार प्रसार गर्दै यात्रामा निस्किएको पाध्याया बताउँछन् । गतवर्ष २८ दिनमा मेची महाकाली पैदल काँधमा हलोजुवा…

Read More

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।    ‘मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ’, उनले भने, ‘भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।’    नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उनको भनाइ छ । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नगर कुरुप…

Read More

शिवसताक्षी । झापाको शिवसताक्षी १० स्थित कनकाई नदिमा एक पुरुषको शव फेला परेको छ । कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टोपरेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । कनकाई माइमा दाउरा निकाल्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ७० वर्ष जस्तो देखिने दौरा लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले पोष्ट माटमका लागि दमक पठाएको छ ।

Read More

बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला कमिटीले नविन राप्रपा को कार्ययोजना २०८० संचालनका लागि अभिमुखीकरण तथा कार्यकर्ताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी आज दिएको छ। राप्रपाका केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङ्दनको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रदेशका निर्वतमान कृषि मन्त्री भक्ति सिटौला, प्रदेश सांसद सबीना बजगाई, अमर विष्ट लगायत पार्टीका केन्द्र देखि गाउँ कमिटी सम्मका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। भूगोल केन्द्रित जिम्मेवारी प्राप्त गरेका कार्यकताहरुलाई अध्यक्ष लिङदेनले पत्र बुझाएका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपामा अव नेता बन्न गाउँ गाउँ पुग्नुपर्ने र संगठन गर्नुपर्ने भन्दै जिम्मेवारी पूरा नगर्ने नेतालाई जिम्मेवारी मुक्त गरिने चेतावनी समेत दिएका थिए।पार्टीको हरेक एजेण्डा सहि भएकाले त्यसलाई स्थापित…

Read More

झापा/ हल्दिबारी गाउँपालिका– ५ स्थित सौडागान्धी खोलामा आएको बाढीले एउटा मोटरसाइकल बगाएको छ । बुधवार बिहान १० बजे हल्दिबारी– ५ स्थित हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–१३ प ३३०१ मोटरसाइकललाई सौडागान्धी खोलामा आएको बाढीले बगाएकोमा स्थानीयले देखेर तत्काल मोटरसाइकल चालक भद्रपुर– ७ बस्ने अन्दाजी ३५ वर्षीय सौरव नेपाललाई सकुशल उद्धार गरेका थिए । मोटरसाइकल खोलाले बगाई लगेको भन्ने खबर प्रहरी चौकी जलथलमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई खोजतलास गर्दा अन्दाजी सय मिटर दक्षिण उक्त मोटरसाइकल फेला परेको र मोटरसाइकलमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा अब ३ दल मात्र नरहेको बताएका छन् । राष्ट्रिय महत्वका मुद्दाहरुमा ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुले मात्र बसेर निर्णय गर्ने गरेकोमा उनले आपत्ति जनाए ।३ दल र ३ दलका नेताले गरेका निर्णय आफूहरुलाई मान्य नहुने उनको भनाई छ ।‘घरीघरी ३ दल, ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न’, उनले भने, ‘कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन ।’ ‘पहिलो र दोस्रो दल मिल्यो भने मात्र सरकार बन्न सक्छ,’ संसदको गणिततिर संकेत गर्दै उनले भने, ‘पहिलो र दोस्रो दल मिलेन भने अरु…

Read More