Author: Tikaram Bastola

बनियानी, झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. १ को सिमावर्ती दशगजा क्षेत्रमा भारतले मनोपोली रुपमा बिधुतीय साइरन्स जडान गरिएको पाइएको छ । नेपाल भारत सिमा नियमको उल्लघन गर्दै भारतले कचनकवल गाउँपालिका वडा नं. १ घेराबारीको पिन्डलबारी देखी कद्दुभीट्टा करिब चार किलोमिटर दशगजा क्षेत्रमा बिधुतीय साइरन्स जडान गरेको हो । नेपाल भारत दशगजा भित्र नेपाली पक्षलाई थाहानै नदिइ भारतले बिधुतीय साइरन्स जडान गरेकोमा वडा नं. १ का वडा अध्यक्ष महाबिर लिम्बुले दुःख ब्यक्त गर्दै भारतिय पक्षको ज्यादती रोक्न सरकारले चासो दिनु पर्ने बताएका छन् । त्यसै गरि घेराबारी ससस्त्र क्याम्पका इन्चार्ज डि.एस.पी. देव बहादुर बोहोराले आफुले थाहा पाउने बितिक्कै आफ्नो…

Read More

कैलालीमा मोटरसाइकलको पछाडिबाट खसेर एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलबाट खसेर भजनी नगरपालिका –८ की ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको प्रहरीले जनाएको हो। उनी सोही ठाउँका ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। जानकीदेवी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा ठेकी भन्ने ठाउँमा खसेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ।

Read More

तराईमा अझै ५ दिन तातो हावा ‘लु’ चल्ने सम्भावना देखिएको छ। बुधबार महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा ‘लु’ चल्ने बताएको हो। महाशाखाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव समेत दिएको छ। नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने हुँदा गर्मी अझै बढ्ने महाशाखाले जनाएको छ। तातो हावा लु चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने समस्याहरुले देखिन सक्ने महाशाखाले जनाएको छ। लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी…

Read More