Author: Tikaram Bastola

झापाको हल्दिबारी गाउपालिका वडा नम्बर ४ ले आर्थिक बर्ष २०७९/०८० को लागि स्वीकृत सिपमुलक कार्यक्रम अन्तर्गत ३ महिने एडभान्स बेसिक कम्प्यूटर तालिम सञ्चालन गरि आज सम्पन्न गरेको छ। सन्त कुमार थापा को अध्यक्षयत्तामा भएको कार्यक्रमको प्रमुख अतिथि महेन्द्र मा.वि का विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकराज मगर को रहेको थियो।यसैगरी अतिथिहरुमा ४ नम्बर वडा सदस्य सुरेन्द्र बाह्रकोटि, कार्यपालिका सदस्य भगिरथा दाहाल, वडा सदस्य शान्ता गहतराज, महेन्द्र मा.वि चक्र बहादुर वस्नेत, जलथल स्वास्थ चौकी प्रमुख माधव प्रसाद यादव, जलथल प्रहरी चौकी प्रमुख देवेन्द्र सुब्बा, दिपेन्द्र आ.वि विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल चौहान , पातञ्जल योग समिति हल्दिवारी अध्यक्ष मिलन विश्वकर्मा लगायतको अथिती…

Read More

हल्दिबारी । सङ्घीय तथा प्रदेश सरकारले दिने वित्तीय समानीकरणबाट र सशर्त अनुदानको रकम कटौती गरेपछि हल्दिबारी गाउँपालिकाको विकास निर्माणको काम प्रभावित हुन गएकोमा गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले चिन्ता व्यक्त गरेका छन् । सरकारले ठूलो रकम कटौती गरेपछि कर्मचारीको तलब तथा अन्य भुक्तानीलाई कुन प्राथमिकतामा राख्नेमा गाउँपालिका नै अन्योलमा रहेको अध्यक्ष लिङ्देनको भनाई छ । चालु आर्थिक वर्ष २०७९/०८० मा दिने भनिएको सङ्घीय सरकार वित्तीय समानीकरणबाट १ करोड ९६ लाख १६ हजार ५० रुपैयाँ , प्रदेश सरकार वित्तीय समानीकरणबाट ४१ लाख ४८ हजार ४०८ रुपैयाँ, राजस्व बाँडफाँडबाट ४ करोड २६ लाख ४० हजार ९१६ रुपैयाँ गरी ६ करोड ६४ लाख ५…

Read More

झापा।बर्थिङ्ग सेन्टरमा कार्यरत प्रसुतीकर्मीहरूलाई MNH सम्बन्धी ३ दिने अनसाइट कोचिङ कार्यक्रम जलथल स्वास्थ्य चौकी हल्दिबारी ४ मा सम्पन्न भएको छ। जलथल स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर सुरक्षित प्रसुती सेवा प्रदान गर्न सदैव तयारी अवस्थामा रहेको छ।। हल्दिबारी गाउँ पालिकामा रहेको जलथल स्वास्थ्य चौकी मा मातृ तथा नव शिशु कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टर कार्यरत प्रसुतीकर्मिहरुकाई MNH सम्बन्धि ३ दिने कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए। कार्यक्रमको समापन समारोह मा आज हल्दिबारी गाउँपालिका कि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , वडा अध्यक्ष सन्त कुमार थापा , व्यवस्थापन समिती सदस्यहरू स्वास्थ्य कार्यालय झापाबाट MNH फोकल प्रसन नारायणी तुम्बापो र हल्दिबारी स्वास्थ्य शाखा प्रमुख…

Read More

झापाको हल्दिबारी गाउँपालिकाले विपन्न वर्गका नागरिकहरुका लागि निर्माण गरेको १३ वटा पक्की घर आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । अति विपन्न ,पिछडिएको जाति , दलित , अल्पसंख्यक,अपांग ,एकल महिला , बृद्धबृद्धालाई प्राथमिकतामा राखेर हल्दिवारी गाउँपालिकाले घर हस्तान्तरण गरेको हो । घर पाउने १३ परिवारमध्ये सन्थाल समुदायका ९ परिवार छन् । त्यस्तै दलित समुदायका ३ र खस क्षेत्री समुदायका एक परिवार छन् । घर पाउनेहरुमा मराङमाई हेमरम,भीमबहादुर कामी ,विश्वनाथ हास्दा ,धनबहादुर विश्वकर्मा ,लालबहादुर विश्वकर्मा , लुखीराम मुर्मू ,नारायण हेमरम , विशाल हास्दा ,सुनिराम सोरेन ,जसमी किस्कू ,एकराज कट्वाल, सुकमणि मुर्मू र हपना हास्दाको परिवार रहेका छन् । उनीहरुले शौचालय…

Read More

कञ्चनपुर- कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ।

Read More

२० असार, दाङ । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए । बबइ गाउँपालिका-१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी कन्चिरा बस्ने परसदिया सरदारका छाेरा वर्ष अन्दाजी १३ बर्षकाे विजय सरदारकाे अहिले भर्खरै चट्याङ लागेर मृत्यु भएकाे छ । उनी कन्चिरा बस्ने वार्ड नं. ६ का वडा सदस्य माे आसामुदिन मियाँकाे विउ उखेल्न गएका थिए । मृतक सरदारसंगै रहेका माे आसामुदिन मियाँसहित अन्य २ जना बेहास । वेहाेस हुनेहरूकाे अवस्था हाल सामान्य रहेकाे जानकारी आएकाे छ ।

Read More

बिर्तामोड-जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ महिनामा ५० हजार भन्दाबढी सवारी र तिनका चालकलाई कार्वाही गरेको छ । नियम पालना नगर्ने सवारी ट्राफिक प्रहरीको कार्वाहीमा परेका हुन् । चालु आर्थिक वर्षको जेठ महिनासम्म ५० हजार तीन सय सवारी साधन र तिनका चालकलाई कार्वाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले बताए । सवारीको स्वरुप बिगार्ने, मापसे गरेर चलाउने, नियम उलङ्घन गर्ने, सवारी चालक अनुमति पत्र विना चलाउने लगायतका विषयमा ट्राफिक प्रहरीले चालकमाथि कार्वाही गरेको छ । सवारी र तिनका चालकमाथि कार्वाही गरेर झापा ट्राफिक प्रहरीले तीन करोड ४५ लाख १४ हजार रुपैयाँ जरिवाना तिराएको छ । मापसे गरेर सवारी चलाउने चालकबाट…

Read More

असार २०/ इटहरी चौकमा हिजो भएको सडक दुर्घटनामा परी आमाछोरीकै मृत्यु भएको छ । इटहरी –३ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो । आमा सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने छोरी अंशुको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खनारमा भदैनीको घरमा पूजामा जाने भन्दै घरबाट निस्केका आमाछोरी दुर्घटनामा परेका हुन् । घटनापछि इटहरी चोक लामो समय तनावग्रस्त रह्यो ।कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्नेबित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको…

Read More

इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।आज मंगलवार दिउँसो ३ बजे ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी बजारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । अहिले इटहरी चोकमा बाक्लो सुरक्षा फौज परिचालन गरि स्थिति नियन्त्रणमा लिने प्रयास गरिदै छ।

Read More